Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

गोरखा–२ मा इमानदार नेताको पुनरागमन : प्रकाशचन्द्र दवाडी चुनावी मैदानमा


ग्लोबल पाना
सोमबार, माघ ५ २०८२
  • 1,737
    SHARES

  • images
    गोरखा–२ मा इमानदार नेताको पुनरागमन : प्रकाशचन्द्र दवाडी चुनावी मैदानमा

    गोरखा । प्रदेश सांसद हुँदा पाएको एक रुपैयाँ पनि आफ्ना लागि नराखी गरिब, अशक्त, बिरामी र पीडित जनताको सेवामा खर्च गर्ने नेता प्रकाशचन्द्र दवाडी पुनः चुनावी मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेसले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा दवाडीलाई अघि सारेको छ ।

    images
    images
    images

    इमानदारी, त्याग र सेवाभावका लागि परिचित दवाडी गोरखाली जनतामाझ भरोसाको नाम बनेका छन्। २०७४ सालमा कांग्रेस कमजोर अवस्थामा रहेका बेला पनि गोरखा–२ (प्रदेश ‘ख’) बाट विजयी भई पार्टीको साख जोगाउने एक्लो नेता दवाडी नै थिए । सांसद पदलाई सुविधाको साधन होइन, जनसेवाको माध्यम बनाउने उनको कार्यशैली आज पनि गोरखामा उदाहरणका रूपमा स्मरण गरिन्छ ।

    “राजनीति पदका लागि होइन, जनताको पीडामा साथ दिनका लागि हो,” भन्ने मान्यतासहित दवाडी फेरि जनताको मत माग्दै मैदानमा उत्रिएका हुन् । सामाजिक सेवा, शिक्षा, स्वास्थ्य र समावेशी विकास उनका प्रमुख प्रतिबद्धता रहेका छन्। आज गोरखा–२ मा इमानदार र उत्तरदायी नेतृत्वको खोजी झन् बलियो बनेको सन्दर्भमा दवाडीको उम्मेदवारीलाई आशाको रूपमा हेरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ