Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

नुवाकोट–२ मा अनुभवी र विकासप्रेमी नेता जगदीश्वर के.सी. चुनावी मैदानमा


ग्लोबल पाना
मंगलबार, माघ ६ २०८२
  • 406
    SHARES

  • images
    नुवाकोट–२ मा अनुभवी र विकासप्रेमी नेता जगदीश्वर के.सी. चुनावी मैदानमा

    नुवाकोट । आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले नुवाकोट क्षेत्र नं.–२ बाट जगदीश्वर नर्सिङ के.सी. लाई उम्मेदवारका रूपमा अघि सारेको छ । लोकतन्त्रको रक्षा, जनताको अधिकार सुनिश्चितता तथा क्षेत्रको समग्र विकासका लागि सक्षम र प्रतिबद्ध नेतृत्व आवश्यक रहेको निष्कर्षसहित कांग्रेसले के.सी.लाई उम्मेदवार बनाएको जनाएको छ ।

    images
    images
    images

    पार्टीका अनुसार वर्तमान अवस्थामा इमानदार, जनमुखी, अनुभवी र विकासप्रति प्रतिवद्ध नेतृत्वको आवश्यकता बढ्दै गएको छ । यही आवश्यकतालाई पूरा गर्न के.सी.लाई उम्मेदवार बनाइएको कांग्रेसको दाबी छ। जनताको दुःख–सुख नजिकबाट बुझ्ने नेता रूपमा परिचित के.सी. विकास निर्माणका काममा सक्रिय रहँदै आएका छन् भने लोकतान्त्रिक मूल्य–मान्यताप्रति दृढ आस्था राख्ने नेताका रूपमा चिनिन्छन्। उम्मेदवार के.सी.ले निर्वाचन जितेपछि नुवाकोट क्षेत्र नं.–२ मा सडक, खानेपानी लगायतका पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताएका छन् ।

    साथै शिक्षा, स्वास्थ्य सेवा तथा रोजगारीका अवसर विस्तार, किसान, मजदुर र युवाको हक–हित संरक्षण, सुशासन, पारदर्शिता र जवाफदेही प्रशासन स्थापना उनका प्रमुख एजेन्डा रहेको पार्टीले जनाएको छ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले आउँदो निर्वाचनमा पार्टीको चुनाव चिन्ह ‘रुख’ मा मतदान गरी जगदीश्वर नर्सिङ के.सी.लाई विजयी गराउन मतदातासँग अपिल गरेका छन् ।

    उनीहरूले के.सी.को जित नुवाकोट क्षेत्र नं.–२ को विकास, स्थायित्व र समृद्धितर्फको महत्वपूर्ण कदम हुने विश्वास व्यक्त गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ