Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

रुकुम पूर्वमा प्रचण्डको मोर्निङ वकसँगै घरदैलो अभियान


ग्लोबल पाना
बुधबार, माघ ७ २०८२
  • 373
    SHARES

  • images
    रुकुम पूर्वमा प्रचण्डको मोर्निङ वकसँगै घरदैलो अभियान

    काठमाडौं । हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराउनुभएका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज रुकुम पूर्वमा मोर्निङ वक गर्नुभएको छ। मोर्निङ वकका क्रममा उहाँले जनयुद्धका बेला रुकुमकोट प्रहरी चौकी कब्जा गरिएको स्थानको अवलोकन गर्नुभयो, जहाँ हाल युद्ध संग्रहालय निर्माण गरिएको छ ।

    images
    images
    images

    सो अवसरमा संयोजक प्रचण्डले उक्त स्थललाई अझ व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। मोर्निङ वकसँगै संयोजक प्रचण्डले रुकुम पूर्वका विभिन्न स्थानमा घरदैलो अभियानको पनि सुरुवात गर्नुभएको छ। घरदैलोका क्रममा उहाँले सहिद सिता घर्तीमगरकी आमा, सहिद जीवन काजीकी आमा लगायत विभिन्न सहिद परिवारका सदस्यहरूसँग भेटघाट गर्नुभयो। सहिद परिवारसँगको भेटमा उहाँले सहिदहरूको सपना आफूले नबिर्सिएको बताउँदै जनयुद्धका सहिदहरूको सम्मानमा राज्यस्तरबाट कामको थालनि भएको र अझै बढि अधिकार स्थापित गर्न आफू सक्रिय रहेको बताउँनुभएको छ ।

    संयोजक प्रचण्डले आफू सरकारमा रहँदा जनयुद्धका सहिदहरूको नाम राष्ट्रिय रूपमा राजपत्रमा प्रकाशित गरिएको, सहिद परिवारका सदस्यलाई रोजगारी तथा विभिन्न अवसर उपलब्ध गराउने कार्यविधि बनाइएको जानकारी दिनुभयो ।

    मोर्निङ वकसँगै घरदैलो अभियानका क्रममा उहाँले रुकुम पूर्वका पुराना कम्युनिष्ट नेता, कार्यकर्ता तथा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई मतदान गर्न अपिल गर्नुभएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ