Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

गोरखा–२ छोड्ने बाबुरामको निर्णयले उठायो नयाँ राजनीतिक संस्कारको बहस


ग्लोबल पाना
शुक्रबार, माघ ९ २०८२
  • 231
    SHARES

  • images
    गोरखा–२ छोड्ने बाबुरामको निर्णयले उठायो नयाँ राजनीतिक संस्कारको बहस

    गाेरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा–२ बाट आगामी निर्वाचन नलड्ने निर्णय गर्नु सामान्य राजनीतिक निर्णयभन्दा धेरै अर्थपूर्ण रूपमा हेरिएको छ। यो कदमलाई उनले ‘सीट राजनीति’भन्दा माथि उठेर लिएको साहसिक र दूरदर्शी निर्णयका रूपमा विश्लेषण गरिएको छ ।

    images
    images
    images

    ७२ वर्षको उमेरमा डा. भट्टराईले आफूलाई अब व्यक्तिगत रूपमा सत्ता वा पदप्रति कुनै लोभ नभएको स्पष्ट पार्दै युवा नेतृत्वका लागि स्थान खाली गर्न चाहेको घोषणा गर्नु नेपाली राजनीतिमा दुर्लभ उदाहरण हो । सुनिश्चित जित हुने मानिएको निर्वाचन क्षेत्र छोडेर प्रतिस्पर्धाबाट अलग हुने उनको निर्णयले राजनीतिमा त्याग, उत्तरदायित्व र नेतृत्व हस्तान्तरणको सन्देश दिएको छ ।

    राजनीतिमा सत्तालोलुपताको आरोप खेप्दै आएका नेताहरूको भीडमा डा. भट्टराईको यो कदमले उनलाई पदभन्दा विचार, व्यक्ति भन्दा पुस्तागत रूपान्तरणलाई प्राथमिकता दिने दूरदृष्टि भएको नेताका रूपमा प्रस्तुत गरेको छ । उनका समर्थक तथा विश्लेषकहरूका अनुसार यो निर्णयले नेपाली राजनीतिमा नयाँ राजनीतिक संस्कारको बहसलाई थप बल दिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ