पोखरा । जिल्ला समन्वय समिति महासंघको ३१ औं स्थापना दिवसको अबसरमा जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिले आफ्नो स्थापना दिवस मनाएको छ । महासंघले "संघीयतामा जिल्ला समन्वय समितिको भुमिका" बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाएको हो ।
कार्यक्रमको जिल्ला समन्वय समिति महासंघका केन्द्रिय सदस्यहरू सहित प्रदेशका जिल्ला प्रमुखहरूले संयुक्त उद्घाटन गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका महान्यायाधिवक्ता चिरञ्जीवी शर्माले संघीयतामा जिल्ला समन्वय समितिको भुमिका" बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
महान्यायाधिवक्ता शर्माले बिकास निर्माणको सहजीकरणमा महत्त्वपूर्ण भुमिका खेलिरहेका जिल्ला समन्वय समितिहरूलाइ थप प्रभावकारी र कार्य सम्पादनमा सहज बनाउन संघ सरकार र प्रदेश सरकार गम्भीर बन्नु पर्ने र आबश्यक कानुनी ब्यबस्थापन सहित मजबुत नीति निर्माण गर्न सके बिकास थप गुणस्तरीय हुने उल्लेख गर्नुभयो ।
जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष एबम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संघीयताको मर्म अनुसार जि स स हरूलाइ मजुबुतिकरणका लागि संघ र प्रदेश सरकारलाई पटक पटक आग्रह गरिए पनि फलदायी हुन नसकेको र सरकार त्यसतर्फ गम्भीर नदेखिएको गुनासो गर्नुभयो ।
अध्यक्ष पौडेलले सिमित स्रोत साधन र बिद्यमान कानुनी ब्यबस्था अनुसार नै जि स स हरू आफ्नो आबश्यकता र औचित्य पुष्टि हुने गरि कार्य सम्पादनमा उत्रिनु सुखद भएको उल्लेख गर्दै समयानुकूल कानुनी संरचना निर्माण गर्न आग्रह गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशका जिल्ला समन्वय प्रमुख, उप प्रमुख, सदस्य सहित सरोकारवाला सरकारी तथा गैर सरकारी संस्था, नागरिक अगुवा एबम संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।
जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष एबम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सोम जिसि र संचालन सरस्वती बगालेले गर्नुभएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


