पोखरा । आगामी फागुन २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले क्षेत्रका मतदातासँग सुझाव मागेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अपिल जारी गर्दै उम्मेदवार आचार्यले कास्की–२ का बासिन्दालाई वर्तमान सन्दर्भमा उठान गर्नुपर्ने जनसवाल, निर्माणाधीन प्रतिबद्धता पत्रमा समावेश गर्नुपर्ने मुद्दा, स्थानीय विकास तथा देशको समृद्धिसँग जोडिएका विषयमा सुझाव, बहस र विमर्शमा सहभागी हुन आग्रह गरेका हुन् ।
उनले प्रत्यक्ष भेटघाट, वैकल्पिक माध्यम तथा डिजिटल प्लेटफर्ममार्फत समेत सुझाव दिन सकिने स्पष्ट पार्दै नागरिकको आवाजलाई नीति र कार्ययोजनाको आधार बनाइने बताए । यसैक्रममा उम्मेदवार आचार्यले चुनावी अभियान अन्तर्गत पहिलो चरणको भेटघाट तथा छलफल कार्यक्रम सोमबार बिहान पोखरा महानगरपालिका वडा नं. ४ बाट सुरु गरेको जानकारी दिएका छन् । कास्की–२ अन्तर्गतका ११ वटै वडामा क्रमशः भेटघाट र छलफल कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ ।
छलफलका क्रममा जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने विषय, विकासका प्राथमिकता, स्थानीय समस्या र समाधानका उपायबारे व्यापक अन्तर्क्रिया गरिने उनले बताए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


