मोरङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अधिवक्ता यज्ञमणि न्यौपानेले मोरङ क्षेत्र नम्बर १ मा आफ्नो चुनावी अभियान तीव्र पारेका छन् । केराबारी–९ बाट औपचारिक रूपमा घरदैलो सुरु गर्दै न्यौपानेले मतदातासँग प्रत्यक्ष संवाद थालेका हुन् ।
सुशासन, पारदर्शिता र नागरिक अधिकारका क्षेत्रमा वकालत गर्दै आएका न्यौपानेले यसपालि 'जवाफदेही नेतृत्व र नयाँ राजनीतिक संस्कार' लाई मुख्य एजेन्डा बनाएका छन् ।
उम्मेदवारको सचिवालयका अनुसार यस अभियानलाई केवल प्रचार मात्र नभई जनताको सुझाव र गुनासो सुन्ने विशेष जनसम्पर्क माध्यम बनाइनेछ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


