Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सामाजिक सञ्जालमार्फत कांग्रेसका पक्षमा माहौल सिर्जना गर्न महामन्त्री पौडेलको आग्रह


ग्लोबल पाना
बुधबार, माघ १४ २०८२
  • 422
    SHARES

  • images
    सामाजिक सञ्जालमार्फत कांग्रेसका पक्षमा माहौल सिर्जना गर्न महामन्त्री पौडेलको आग्रह

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आस्था र अस्तित्वसँग जोडिएको विषय भएकाले यसपटक कांग्रेसका सबै उम्मेदवारलाई जिताउनु अपरिहार्य रहेको बताएका छन् । काठमाडौंमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले जनतामाझ लोकप्रिय उम्मेदवार चयन गरिएको उल्लेख गरे ।

    images
    images
    images

    टिकट वितरणका क्रममा कतिपय कार्यकर्ताको मन दुखेको र असन्तुष्टि भए पनि पार्टी एकता कायम राख्ने उद्देश्यले निर्णय गरिएको उनको भनाइ थियो । महामन्त्री पौडेलले पार्टीलाई धेरै सिट जिताउन आन्तरिक एकता अत्यावश्यक रहेको भन्दै अन्य दलको तुलनामा कांग्रेससँग धेरै सक्रिय कार्यकर्ता रहेको दाबी गरे । यही सक्रियताले कांग्रेसको जित सुनिश्चित गर्ने आधार तयार भएको उनले बताए ।

    पार्टीले केही दिनभित्रै देशको भावी मार्गचित्र कोर्ने गरी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी दिँदै उनले भने, “सच्चिने र सच्याउने प्रक्रियामा अझ धेरै काम गर्नुपर्नेछ । देश विकासका लागि स्पष्ट दृष्टिकोण समेटिएको घोषणापत्र आउनेछ।” निर्वाचनमा परिणाममुखी भूमिका खेल्न सबै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिँदै महामन्त्री पौडेलले सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्न आग्रह गरे ।

    “हाम्रा १० लाख सक्रिय सदस्य छन् । तीमध्ये कम्तिमा तीन लाख सदस्य सामाजिक सञ्जालमा सक्रिय हुने हो भने कांग्रेसका पक्षमा माहौल सिर्जना गर्न सकिन्छ,” उनले भने, “हाम्रा उम्मेदवार र पार्टीको बदलिएको नीतिका पक्षमा सबैले सक्दो पोष्ट गर्नुपर्छ ।” यसरी सामाजिक सञ्जालको सदुपयोग गर्न सके पार्टीलाई चुनाव जित्न र परिवर्तनको सन्देश आम नागरिकसम्म पुर्‍याउन सहज हुने महामन्त्री पौडेलको विश्वास छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ