गोरखा । गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडीले विदेशमा रहेका नेपाली नागरिकको भावना र पीडालाई आफूले नजिकबाट बुझेको बताउनु भयाे । उहाँले स्थानीय तहमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै रोजगारी, परिवारबाट टाढा बस्नुपर्ने बाध्यता, सामाजिक तथा आर्थिक समस्याका कारण विदेशिन बाध्य भएका नेपालीको आवाज संसदसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नु भयाे ।
उहाँले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र लाभदायक बनाउने नीति निर्माणमा आफू सक्रिय रहने भन्दै विदेशमा रहेका नेपालीको हकहित संरक्षण कांग्रेसको प्राथमिकता रहेको बताउनुभयाे ।
दवाडीले स्वदेशमै रोजगारी सिर्जना गरी युवालाई विदेश जानुपर्ने बाध्यता अन्त्य गर्नु आफ्नो दीर्घकालीन लक्ष्य भएको पनि उल्लेख गर्नुभयाे ।
ईमानदार, पारदर्शी र जनमुखी नेतृत्वमार्फत गोरखा–२ लाई विकास र समृद्धिको नयाँ दिशामा अघि बढाउने आफ्नो अठोट रहेको साथै राजनीति पदका लागि नभई, जनताको सेवा र भरोसाको प्रतिनिधित्व गर्न आफू मैदानमा उत्रिएको दवाडीले बताउनु भयाे ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


