Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

वन तथा वातावरण नीतिगत बहसमा छलफल हुँदै


ग्लोबल पाना
बिहीबार , माघ १५ २०८२
  • 507
    SHARES

  • images
    वन तथा वातावरण नीतिगत बहसमा छलफल हुँदै

    काठमाडौं । नेपाल वन प्राविधिक संघ (NFA) को आयोजनामा वन तथा वातावरणसम्बन्धी नीतिगत बहस कार्यक्रम काठमाडौंमा सुरु भएको छ । २०८२ माघ १५ गते बिहीबार दिउँसो २:०० बजेदेखि सुरु भएको कार्यक्रममा वन तथा वातावरण क्षेत्रका विविध विषयमा छलफल हुँदैछ ।

    images
    images
    images

    बहस कार्यक्रममा वन तथा वातावरणसँग सरोकार राख्ने सरकारी, गैरसरकारी तथा विश्वविद्यालय क्षेत्रका प्रबुद्ध व्यक्तित्वहरूको सहभागिता रहेको छ । सहभागी विज्ञहरूले वन संरक्षण, वातावरणीय दिगोपन, जलवायु परिवर्तन, प्राकृतिक स्रोतको समुचित व्यवस्थापनलगायत विषयमा आ–आफ्ना धारणा र सुझाव प्रस्तुत गरिरहेका छन् ।

    सन्निकट आम निर्वाचनलाई ध्यानमा राख्दै राजनीतिक दल तथा भावी जनप्रतिनिधिहरूले आफ्ना घोषणापत्रमा समेट्न सक्ने व्यवहारिक र दीर्घकालीन नीतिगत सुझावहरू तयार गर्न सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल वन प्राविधिक संघले जनाएको छ ।

    कार्यक्रमबाट प्राप्त सुझावहरू आगामी दिनमा नीति निर्माण र कार्यान्वयन तहमा उपयोगी हुने अपेक्षा गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ