काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार सबुज बानिया काठमाडौं क्षेत्र नं. ६ बाट प्रतिनिधि सभा सदस्य पदका लागि चुनावी मैदानमा उत्रिएका छन् । आफ्नो अभियानको औपचारिक सुरुवात गर्दै उनले सुशासन, समृद्धि र समुन्नत नेपालको निर्माण नै आफ्नो प्रमुख लक्ष्य रहेको स्पष्ट पारेका छन् ।
बानियाले झोर महाङ्कालदेखि टुँडिखेल महाङ्कालसम्म, जेञ्जीदेखि बा–आमासम्म सभ्य, सालिन र निष्कपट नेतृत्वको भावनासहित जनताको सेवामा समर्पित भएर अघि बढ्ने प्रतिवद्वता जनाए । स्पष्ट दृष्टिकोण, निष्पक्ष नेतृत्व र जनताप्रतिको प्रतिबद्धताका कारण बानियाले स्थानीय तहमा व्यापक विश्वास र लोकप्रियता कमाउँदै आएको पाईन्छ ।
उनी समाजसँग प्रत्यक्ष संवाद गर्ने, समस्या सुन्ने र समाधान खोज्ने नेताका रूपमा परिचित छन् । समर्थकहरूका अनुसार बानिया केवल चुनावी उम्मेदवार होइनन्, सामाजिक रूपान्तरणका लागि सक्रिय अभियन्ता पनि हुन् । उनले आफ्नो अभियानमा पारदर्शिता, इमान्दारिता र जनताको वास्तविक आवश्यकतालाई केन्द्रमा राखेका छन् ।
शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास र वातावरण संरक्षणलाई प्राथमिकताका क्षेत्रका रूपमा अघि सार्दै बानियाले काठमाडौं क्षेत्र नं. ६ लाई दिगो विकासको नमुना बनाउने योजना प्रस्तुत गरेका छन् । स्थानीय बासिन्दाले बानियाको कार्यशैलीप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै प्रत्यक्ष संवादमार्फत समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
“हामी केवल चुनाव जित्न होइन, जनताको भरोसा जितेर दीर्घकालीन परिवर्तन ल्याउन चाहन्छौं,” बानिया बताउछन् । उनको उम्मेदवारीले नेपाली कांग्रेसको सुशासन, विकास र समृद्धिको एजेन्डालाई थप मजबुत बनाएको साथै नेतृत्व, प्रतिबद्धता र जनसमर्थनले काठमाडौं क्षेत्र नं. ६ मा नयाँ आशा र सकारात्मक राजनीतिक सन्देश प्रवाह भएको पाइन्छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


