Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जनताको भरोसा र लोकप्रियतासँग जोडिएको नेतृत्व: सांसद तलबभत्तालाई समाजसेवा र विकासमा लगाउने प्रकाशचन्द्र दवाडी


ग्लोबल पाना
शुक्रबार, माघ १६ २०८२
  • 350
    SHARES

  • images
    जनताको भरोसा र लोकप्रियतासँग जोडिएको नेतृत्व: सांसद तलबभत्तालाई समाजसेवा र विकासमा लगाउने प्रकाशचन्द्र दवाडी

    गोरखा । अजिरकोट गाउँपालिका वडा नं. ४ सिमजुङ (झ्यावाँ) निवासी प्रकाशचन्द्र दवाडी गोरखाको राजनीतिमा परिचित र विश्वासिलो नाम हुन् । गोरखा क्षेत्र नं. २ का मतदातामाझ भौगोलिक बुझाइ, पहुँच र विकासप्रेमी छविका कारण उनी लोकप्रिय उम्मेदवारका रूपमा चिनिन्छन् ।

    images
    images
    images

    व्यवसायसँगै समाजसेवाबाट राजनीतिमा उदाएका दवाडी गण्डकी प्रदेशका पूर्व सांसद हुन् । उनले गोरखा क्षेत्र नं. २ का विभिन्न आमा समूह, युवा क्लब र विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुका साथै गरिब तथा विपन्न नागरिकको सहयोग गर्दै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आएका छन् । प्रदेश सांसद रहँदा उनले सांसदवापत पाउने तलबभत्ता र सेवा–सुविधासमेत आफ्नै क्षेत्रका सामाजिक काममा लगाउँदै उदाहरणीय अभ्यास प्रस्तुत गरेका थिए ।

    गण्डकी प्रदेशमा बलियो पहुँच बनाएका दवाडीले गोरखा क्षेत्र नं. २ मा मोटरबाटो निर्माण, सिँचाइ, पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै सयौँ विकास योजना भित्र्याउन महत्वपूर्ण भूमिका खेलेका छन् । स्थानीय आवश्यकतासँग मेल खाने योजनामार्फत विकासको गति बढाउन सफल भएको स्थानीयहरू बताउँछन् ।

    गोरखाको समग्र विकासमा दवाडीले गरेको योगदानको कदर गर्दै नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनलाई गोरखा–२ बाट बलियो उम्मेदवारका रूपमा अघि सारेको छ । क्षेत्रको भूगोल चिनेका, जनताको दुःख–सुख नजिकबाट बुझेका र विकासप्रेमी छवि बनाएका दवाडी गोरखा–२ का लागि विश्वासयोग्य र प्रतिस्पर्धी उम्मेदवारका रूपमा देखिएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ