Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली, लोकतन्त्र र सुशासनका लागि एकताबद्ध हुन महामन्त्री पौडेलको आह्वान


ग्लोबल पाना
शुक्रबार, माघ १६ २०८२
  • 196
    SHARES

  • images
    शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली, लोकतन्त्र र सुशासनका लागि एकताबद्ध हुन महामन्त्री पौडेलको आह्वान

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिक स्वतन्त्रता, सबल लोकतन्त्र र समुन्नत राष्ट्र निर्माणका लागि सहादत प्राप्त गर्नुहुने सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् । २००७ सालको प्रजातन्त्र स्थापनादेखि हालसम्मका विभिन्न राजनीतिक संघर्ष—जसमा जेनजी विद्रोहसमेत समेटिन्छ—मा जीवन आहुति दिनुहुने शहीदहरुको बलिदानले आजको लोकतान्त्रिक अभ्यास सम्भव भएको पौडेलले उल्लेख गरे ।

    images
    images
    images

    विगतका सहादतबाट प्रेरणा लिँदै नागरिक अपेक्षा अनुसारको विकास र सुशासन हासिल गर्न सारा नेपाली एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए । “शहीदहरुले देखेको सपना केवल सम्झनामा सीमित नराखी इमान्दार प्रयत्नमार्फत व्यवहारमा उतार्न जरुरी छ,” पौडेलले भने । उनले लोकतन्त्रको रक्षा, सामाजिक न्याय, समावेशी विकास र उत्तरदायी शासन प्रणाली निर्माणका लागि साझा प्रतिबद्धतासहित अघि बढ्न सबै पक्षलाई आह्वान गरे।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ