Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

१३औँ वर्षमा ग्रीन सिटी हस्पिटल: अपाङ्गता भएका दुई व्यक्तिलाई जीवनभर निःशुल्क उपचार, डि.बी. पराजुली सम्मानित


ग्लोबल पाना
शनिबार, माघ १७ २०८२
  • 344
    SHARES

  • images
    १३औँ वर्षमा ग्रीन सिटी हस्पिटल: अपाङ्गता भएका दुई व्यक्तिलाई जीवनभर निःशुल्क उपचार, डि.बी. पराजुली सम्मानित

    काठमाडौं । ग्रीन सिटी हस्पिटल प्रा.लि. ले आफ्नो सेवा यात्राको १२ वर्ष पूरा गरी १३औँ वर्षमा प्रवेश गरेको अवसरमा आज राजधानी काठमाडौंमा एक भव्य वार्षिकोत्सव समारोह आयोजना गरेको छ। स्वास्थ्य सेवासँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको हस्पिटलले यस अवसरमा विशेष रूपमा अपाङ्गता भएका दुई व्यक्ति—नीलमणि भण्डारी र बालिका सुशान्ति भट्टालाई सम्मान गर्दै उनीहरूलाई जीवनभर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने ऐतिहासिक प्रतिबद्धता व्यक्त गरेको छ।

    images
    images
    images

    समारोहमा बोल्दै हस्पिटलका अध्यक्ष लोक बहादुर टण्डनले ग्रीन सिटी हस्पिटल स्थापना कालदेखि नै गुणस्तरीय, सर्वसुलभ र सेवामुखी स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो। उहाँका अनुसार हस्पिटलले सामाजिक उत्तरदायित्व अन्तर्गत हालसम्म करिब ५०० जना विपन्न तथा असहाय नागरिकलाई निःशुल्क उपचार सेवा उपलब्ध गराइसकेको छ। “स्वास्थ्य सेवा केवल व्यवसाय होइन, यो मानवीय सेवा हो,” अध्यक्ष टण्डनले भन्नुभयो, “समाजप्रति उत्तरदायी रहनु नै हाम्रो मूल उद्देश्य हो।”

    वार्षिकोत्सव समारोहका अवसरमा हस्पिटलको प्रगति, सेवा विस्तार र गुणस्तर अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने चिकित्सकहरू—डा. माया भट्टचन, डा. अनिल भट्टराई, डा. सन्त कुमार दास, डा. बिनोद शेरचन, डा. बिपिन कुमार श्रेष्ठ तथा डा. लखनलाल शाहलाई विशेष सम्मान प्रदान गरिएको थियो। उनीहरूको निरन्तर मेहनत, व्यावसायिक दक्षता र सेवाभावले हस्पिटललाई यो स्तरसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको हस्पिटल व्यवस्थापनले जनाएको छ। त्यसैगरी सञ्चार, सामाजिक सेवा तथा कला क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको थियो।

    सामाजिक अभियन्ता कमल जी.सी., सञ्चारकर्मी तथा सामाजिक अभियन्ता डि.बी. पराजुली, सञ्चारकर्मी अर्जुन भुसाल, भोजराज थापा, मोहन बस्नेत, भुवन भुसाल तथा कलाकारहरू तिलक बस्नेत र रमेश दुलाल (कागे) लाई सम्मानपत्र प्रदान गर्दै उनीहरूको योगदानको उच्च कदर गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथिका रूपमा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङ उपस्थित हुनुहुन्थ्यो। उहाँले ग्रीन सिटी हस्पिटलले नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै सामाजिक सेवामा समेत सक्रिय भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गर्नुभयो। साथै टोखा वडा नं. ७ का वडाध्यक्ष नरोत्तम राना, समाजसेवी तोयानाथ पौडेल, हस्पिटलका सञ्चालक समिति सदस्यहरू, शेयर सदस्यहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमको सञ्चालन चर्चित लोकदोहोरी गायिका मञ्जु पौडेलले गर्नुभएको थियो भने कार्यक्रम व्यवस्थापन चर्चित गायक तिलक बस्नेत र समाजसेवी कमल जी.सी.ले गर्नुभएको थियो। यस अवसरमा हस्पिटलका सम्पूर्ण कर्मचारीहरूलाई उपहार प्रदान गर्दै उनीहरूको समर्पण, मेहनत र सेवाभावको कदर गरिएको थियो। समारोहमा अध्यक्ष टण्डनले यस वर्ष मात्रै २०० भन्दा बढी मुटुसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै हस्पिटलको स्वास्थ्य सेवा क्षमताको उच्च मूल्यांकन गर्नुभयो। साथै जेंजी आन्दोलनका क्रममा आफू पनि घटनाबाट प्रभावित भई नयाँ जीवन पाएको अनुभूति गर्दै त्यस घटनाले सामाजिक सेवाप्रति अझ बढी समर्पित बन्न प्रेरित गरेको बताउनुभयो।

    समारोहमा हस्पिटलका कर्मचारी तथा नर्सहरूको सांगीतिक तथा नृत्य प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र उत्साहपूर्ण बनाएको थियो। सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक प्रस्तुतिसँगै कार्यक्रम भव्य रूपमा सम्पन्न भएको थियो। ग्रीन सिटी हस्पिटलले आगामी दिनमा अझ आधुनिक प्रविधि भित्र्याउँदै प्रभावकारी र गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गरी आम नागरिकको स्वास्थ्य सुरक्षामा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ