Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भिडले भरिएको भृकुटीमण्डप, उत्साहका साथ काठमाडौं महोत्सव २०८२ सम्पन्न


ग्लोबल पाना
शनिबार, माघ १७ २०८२
  • 245
    SHARES

  • images
    भिडले भरिएको भृकुटीमण्डप, उत्साहका साथ काठमाडौं महोत्सव २०८२ सम्पन्न

    काठमाडाैं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँ (एनसीआईसीके) को आयोजनामा भृकुटीमण्डपमा बुधबारदेखि सञ्चालन भइरहेको “काठमाडौं महोत्सव २०८२ तथा Kathmandu Business Expo २०२६” मा हरेक दिन दर्शक, अवलोकनकर्ता तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता भइरहेकाे छ ।  महोत्सवमा काठमाडौँ उपत्यकासहित विभिन्न जिल्लाबाट आएका अवलोकनकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ ।

    images
    images
    images

    स्वदेशी तथा विदेशी उत्पादन, महिला उद्यमीहरूद्वारा उत्पादित सिपमूलक वस्तु, ‘एक वडा-एक उत्पादन’ अवधारणाअन्तर्गतका सामग्री, हस्तकला, कृषि तथा घरेलु उद्योगका उत्पादनप्रति दर्शकहरूको विशेष आकर्षण देखिएको छ । महोत्सवमा सहभागी प्रदर्शकहरूले प्रत्यक्ष बिक्री, व्यावसायिक नेटवर्क विस्तार तथा नयाँ बजारको सम्भावना देखिएको छ । विशेष छुट तथा अफरका कारण  महोत्सवमा हरेक दिनहरुमा  उल्लेखनीयरुपमा कारोबारसमेत भएको छ । रैथाने खानाका परिकार, सांस्कृतिक झाँकी, लोकनृत्य, संगीत तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू महोत्सवका प्रमुख आकर्षण बनेका छन् ।

    हरेक दिनकाे उल्लेख्य सहभागिताले महोत्सवको उद्देश्य सही दिशामा अघि बढेको साथै स्थानीय उत्पादन प्रवर्द्धन, महिला उद्यमशीलता सशक्तीकरण तथा निजी क्षेत्रको मनोबल अभिवृद्धिका लागि यस्ता कार्यक्रम आवश्यक रहेको महशुश गरिएकाे छ ।

    महोत्सवमा सांस्कृतिक कार्यक्रम, व्यवसायिक अन्तरक्रिया तथा विशेष गतिविधिहरू आयोजना भइरहेकाे संघका महासचिव दुर्गा राज श्रेष्ठले बताएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ