Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

जेनजीको माग सम्बोधन गर्ने सहमती सर्तसहित संसद पुनःस्थापना वा निर्वाचन अपरिहार्य : अविन लिम्बु


ग्लोबल पाना
आइतबार, माघ १८ २०८२
  • 344
    SHARES

  • images
    जेनजीको माग सम्बोधन गर्ने सहमती सर्तसहित संसद पुनःस्थापना वा निर्वाचन अपरिहार्य : अविन लिम्बु

    काठमाडौं । जेनजी २.० ले वर्तमान राजनीतिक संकटलाई केवल सत्ता संघर्षको विषय नभई राज्यको वैधानिकता र जनताको सार्वभौमिक अधिकारसँग गाँसिएको गम्भीर विषयको रूपमा लिएको जनाएको छ । जेनजी २.० का प्रवक्ता अविन लिम्बुले आइतबार जारी धारणा सार्वजनिक गर्दै संसद पुनःस्थापना गर्नुपर्ने भए त्यसो गर्दा जेनजी तथा आम नागरिकका स्पष्ट मागहरूलाई औपचारिक रूपमा सम्बोधन गर्ने सहमती सर्त अनिवार्य हुनुपर्ने बताएका छन् ।

    images
    images
    images

    “यदि संसद पुनःस्थापना नै गर्ने हो भने, त्यो पुरानै प्रवृत्ति, पुरानै अनुहार र पुरानै सम्झौतामा आधारित हुनु हुँदैन,” प्रवक्ता लिम्बुले भने, “माग सम्बोधन नगरी गरिएको संसद पुनःस्थापना जेनजी २.० लाई स्वीकार्य हुँदैन ।” उनले जनताको भरोसा पुनःस्थापित नगर्ने कुनै पनि राजनीतिक निर्णय दीर्घकालीन समाधान हुन नसक्ने स्पष्ट पारे ।

    इतिहासले बारम्बार पुराना अभ्यासले देशलाई निकास नदिएको प्रमाणित गरिसकेको उनको भनाइ छ । प्रवक्ता लिम्बुले सहमती सर्तसहित संसद पुनःस्थापना सम्भव नभए देशलाई निकास दिने एक मात्र लोकतान्त्रिक विकल्प निष्पक्ष, स्वतन्त्र र समयमै निर्वाचन भएको बताए। “नयाँ जनादेशबिना वर्तमान संकट समाधान सम्भव छैन,” उनले जोड दिए ।

    जेनजी २.० ले सबै राजनीतिक शक्ति, संवैधानिक निकाय तथा राज्य संरचनालाई चेतावनी दिँदै अबका निर्णय सत्ता जोगाउने नभई देश जोगाउने हुनुपर्ने स्पष्ट सन्देश दिएको छ । “अब सम्झौता बन्द कोठामा होइन, जनतासँग हुनुपर्छ,” प्रवक्ता लिम्बुले भने ।

    उनका अनुसार जेनजी २.० लोकतन्त्र, जवाफदेहिता र जनअधिकारको पक्षमा अडिग रूपमा उभिरहनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ