Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

शिवरात्रि महोत्सवमा राजानन्द माण्डव्यको आध्यात्मिक प्रवचन, धार्मिक सद्भावको सन्देश


ग्लोबल पाना
मंगलबार, माघ २० २०८२
  • 234
    SHARES

  • images
    शिवरात्रि महोत्सवमा राजानन्द माण्डव्यको आध्यात्मिक प्रवचन, धार्मिक सद्भावको सन्देश

    काठमाडौं । शिवरात्रिको पावन अवसर पारेर धार्मिक, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यसहित राजधानी काठमाडौंमा आयोजना हुने ‘शिवरात्रि महोत्सव’मा आध्यात्मिक प्रवाचक राजानन्द माण्डव्यको प्रमुख प्रवचन रहने भएको छ । हिन्दु, बौद्ध र किराँत धर्मावलम्बीबीच आपसी सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई सुदृढ बनाउने लक्ष्यसहित आयोजना हुन लागेको उक्त महोत्सव २०८२ माघ २४ गतेदेखि फागुन ४ गतेसम्म काठमाडौँको पशुपतिनाथ गौशाला परिसरमा सञ्चालन हुनेछ । महोत्सव दैनिक बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म चल्ने आयोजकले जनाएको छ ।

    images
    images
    images

    महोत्सवका प्रमुख आकर्षणका रूपमा राजानन्द माण्डव्यद्वारा आध्यात्मिक प्रवचन, श्रीशिवमहापुराण तथा श्रीमद्भागवत महापुराणको पाठपारायण, पूजा–अर्चना, दैनिक हवन, भजन–कीर्तन, १२ राशिअनुसार यज्ञमण्डप पूजा लगायत विविध धार्मिक तथा आध्यात्मिक कार्यक्रमहरू समावेश गरिएका छन् । राजानन्द माण्डव्यको प्रवचनमार्फत समाजमा आध्यात्मिक चेतना, नैतिक मूल्य र आपसी सद्भावको सन्देश प्रवाह हुने आयोजकको विश्वास छ ।

    महोत्सवले सामाजिक एकता र राष्ट्रिय भावनालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । महोत्सव माहाहृद परिवारको आयोजना तथा माहाहृद महिला समूहको सह–आयोजनामा रत्नोपल, काठमाडौंमा सम्पन्न हुने भएको छ । आयोजकले धार्मिक तथा आध्यात्मिक कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन देशभरका श्रद्धालु भक्तजनलाई हार्दिक निमन्त्रणा गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ