Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

तपाईंजत्तिको विकल्प अरु छैनन भन्ने प्रतिक्रिया मिलेको छः महामन्त्री पौडेल


ग्लोबल पाना
मंगलबार, माघ २० २०८२
  • 304
    SHARES

  • images
    तपाईंजत्तिको विकल्प अरु छैनन भन्ने प्रतिक्रिया मिलेको छः महामन्त्री पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले काठमाडौं ५ मा मतदाताबाट उत्साही प्रतिक्रिया प्राप्त गरेको बताएका छन् । बालुवाटारमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतमा आफू सांसदका रुपमा गरेको कामका आधारमा मतदाताले सकारात्मक प्रतिक्रिया दिएको बताए । ‘तपाईंलाई भोट दिन्छौं, तपाईंजत्तिको विकल्प अरु छैन भनेर प्रतिक्रिया प्राप्त भएको छ,’ उनले भने । आफू सांसद रहँदा विष्णुमति करिडोको रेखांकन गरेर सडक निर्माणको काम निरन्तर भैरहेको उनले बताए ।

    images
    images
    images

    काठमाडौं ५ बाट कांग्रेस उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले सांसदका रुपमा थुप्रै काम गरे पनि पर्याप्त प्रचार हुन नसकेकाले मतदातामाझ भएका कामको प्रचार आवश्यक रहेको बताए । ‘रिंगरोड भद्रगोल अवस्थामा थियो,’उनले भने,‘अहिले धमाधम काम भैरहेको छ ।’ रिंगरोडभित्र विगतमा मेलम्चीको खानेपानी चुहिएर जताततै देखिएको समस्या समेत आफ्नै पहलमा समाधान भएको र सडकको दुरावस्था कम भएको उनले बताए ।

    मेलम्ची खानेपानी आयोजनाअन्र्तगतको पानी रिङरोडबाहिर समेत वितरण गर्ने गरी काम अघि बढेको र हाल बुढानिलकण्ठ तथा टोखा नगर क्षेत्रमा समेत धारा जडान भएर पानी वितरण भएको उनले बताए । ‘हामी आइसके पछि निरन्तर पैरवी गरेर रिङ्गरोडबाहिर पनि पानी वितरण सम्भव भएको हो,’ उनले भने,‘हाम्रा नेता डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा यो सम्भव भएको थियो ।’

    पौडेलले नेपालमै पहिलो पटक स्थानीय तहले आवश्यक जमिन समेत किन्ने गरी धनेश्वरमा नमूना खेल मैदानको काम भैरहेको पनि बताए । ‘एक प्रतिष्पर्धीले नगर र वडाले गर्ने काम गरेको भन्ने सुनियो,’ उनले भने,‘कसको के के प्रयास र कसरी सम्भव भयो यहाँहरुलाई थाहै छ ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ