नवलपरासी (ब.सु.पूर्व) । श्री राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालय, हात्तिखोर, नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा श्री राष्ट्रिय सेवा दल २० औँ ब्याच सिनियर डिभिजनको अन्तिम दीक्षान्त कवाज प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सम्पन्न उक्त कार्यक्रम सम्माननीय प्रधानमन्त्री श्री सुशील कार्की ज्यूको प्रमुख आतिथ्यतामा समापन भएको हो ।
कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति श्री अशोक राज सिग्देल ज्यू, श्री राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक अ.प्रा.उ.र श्री याम प्रसाद ढकाल ज्यू, नेपाली सेनाका विभिन्न पृतना का पृतनापति तथा बाहिनीका बाहिनीपति लगायत विभिन्न युनिटका युनिटपति ज्यूहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री ज्यूले युवाहरूलाई अनुशासित, नेतृत्ववान् र सच्चा राष्ट्रप्रेमी नागरिक बन्न आग्रह गर्नुभयो। आवश्यक परे देश र जनताको हितका लागि विपत्तिमा समेत पछि नहट्नुपर्ने उल्लेख गर्दै उहाँले राष्ट्रिय सेवा दलले युवामा देशप्रतिको जिम्मेवारी र सेवाभाव विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले सरकारको उच्च प्राथमिकतामा रहेको यस कार्यक्रमको प्रशिक्षार्थी संख्या आगामी वर्ष देखि थप गर्दै जाने कुरा पनि बताउनुभयो ।
कार्यक्रम अन्तर्गत दीक्षान्त कवाज प्रदर्शनसँगै ड्रिल, खुकुरी ड्रिल, तेक्वान्दो, एरोबिक्स तथा राष्ट्रभक्ति संगीतमा नृत्य प्रस्तुत गरिएको थियो। सहभागी प्रशिक्षार्थीहरूले प्रस्तुत गरेका अनुशासित र कलात्मक प्रदर्शनले उपस्थित अतिथिहरूलाई आकर्षित तथा चकित पारेको थियो । यस कार्यक्रम नेपाल सरकारको मातहतमा नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको र यस वर्ष ७,७१० जना क्याडेट छात्र छात्रा यस तालिम प्राप्त गरी नेपाल भरिका विभिन्न ४ स्थानमा रहेका शिक्षालय हरुबाट दीक्षित भए संगै हाल सम्म ८९,८९४ क्याडेट छात्र छात्रा यस तालिम प्राप्त गरी दीक्षित भइसकेको कुरा उक्त तालिम शिक्षालयका शिक्षाधिकृत प्र. से. श्री दिनेश चौलागाईं ले जानकारी दिए ।
दीक्षान्तसँगै २० औँ ब्याच सिनियर डिभिजनका प्रशिक्षार्थीहरूले औपचारिक रूपमा तालिम पूरा गरी राष्ट्रसेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


