Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कविता नेपाली एभरेस्ट समिटियर्स समिट २०२६ की पीआर प्रतिनिधि, सम्झौता सम्पन्न


ग्लोबल पाना
सोमबार, माघ १९ २०८२
  • 752
    SHARES

  • images
    कविता नेपाली एभरेस्ट समिटियर्स समिट २०२६ की पीआर प्रतिनिधि, सम्झौता सम्पन्न

    काठमाडौं । एभरेस्ट समिटियर्स समिट नेपालले एभरेस्ट समिटियर सुश्री कविता नेपालीसँग समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्दै उनलाई एभरेस्ट समिटियर्स समिट २०२६ की सार्वजनिक सम्बन्ध प्रतिनिधि (Public Relations Representative) का रूपमा नियुक्त गरेको छ ।

    images
    images
    images

    काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रमका बीच दुई पक्षबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । यसअघि एभरेस्ट एलायन्स नेपालले एभरेस्ट समिटियर्स समिट २०२६ को मिति र दृष्टिकोण सार्वजनिक गरिसकेको थियो, जससँगै समिटका लागि दर्ता प्रक्रिया पनि औपचारिक रूपमा सुरु भइसकेको छ ।

    आगामी मे २७, २०२६ मा काठमाडौंमा आयोजना हुने समिटको सार्वजनिक पहुँच, सञ्चार रणनीति र प्रभावकारिता थप सुदृढ बनाउने उद्देश्यले उक्त सहकार्य गरिएको आयोजकले जनाएको छ । सुश्री कविता नेपालीले मे १८, २०२५ मा सफलतापूर्वक सगरमाथा आरोहण गरेकी हुन् ।

    उनको साहस, अनुशासन र प्रेरणादायी यात्राले एभरेस्ट एलायन्स नेपालको मूल्य, दृष्टिकोण र उद्देश्यलाई सशक्त रूपमा प्रतिनिधित्व गर्ने विश्वास एभरेस्ट समिटियर्स समिट नेपालले लिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ