Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सेफ्स एसोसिएसन अफ नेपालको ३१औँ वार्षिकोत्सव स्वर्ण कार्यकालका रूपमा भव्य रूपमा सम्पन्न


ग्लोबल पाना
बुधबार, माघ २१ २०८२
  • 314
    SHARES

  • images
    सेफ्स एसोसिएसन अफ नेपालको ३१औँ वार्षिकोत्सव स्वर्ण कार्यकालका रूपमा भव्य रूपमा सम्पन्न

    काठमाडौं । सेफ्स एसोसिएसन अफ नेपालले अध्यक्ष रेशमकुमार लामा तामाङको सभाध्यक्षतामा आफ्नो ३१औँ वार्षिकोत्सव स्वर्ण कार्यकालका रूपमा भव्य रूपमा सम्पन्न गरेको छ । एसोसिएसनको कार्यालय रानीवारीमा आयोजित उक्त कार्यक्रममा पाककला, पर्यटन तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले पानसमा दीप प्रज्वलन गरी वार्षिकोत्सवको औपचारिक उद्घाटन गर्नुभएको थियो ।

    images
    images
    images

    उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाली पाककला र सेफ्सहरूको भूमिका पर्यटन प्रवद्र्धनसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै सेफ्स एसोसिएसन अफ नेपालले नेपाली खानाको पहिचानलाई राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । वार्षिकोत्सवकै अवसरमा एसोसिएसनद्वारा प्रकाशित ‘नेपाली सेफ्स सिग्नेचर डिशेस’ नामक पुस्तकको समेत लोकार्पण गरिएको थियो । उक्त पुस्तकमा नेपाली मौलिक स्वाद, परम्परागत र आधुनिक पाककलाको संयोजन तथा नेपाली सेफ्सको सिर्जनात्मक क्षमता समेटिएको छ, जसले नेपाली खानाको दस्तावेजीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

    कार्यक्रममा रेष्टुरेन्ट तथा बार एशोसिएसन नेपालका अध्यक्ष सङ्घर्ष विष्ट र गोल्डेन गेट कलेजका अध्यक्ष रमेशकुमार सिलवाल विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । साथै, एसोसिएसनका पूर्व अध्यक्षहरू, प्रतिष्ठित उद्योगी, व्यवसायी, पाककला क्षेत्रका विज्ञहरू तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख तथा विशिष्ट अतिथिहरू, एसोसिएसनका पूर्व अध्यक्ष र अन्य अतिथिहरूले सेफ्स एसोसिएसन अफ नेपाल पाककला क्षेत्रमा एक सशक्त र संगठित आवाजका रूपमा स्थापित भएको उल्लेख गर्दै नेपाली खानालाई विश्व समुदायमा चिनाउन एसोसिएसनले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँहरूले नेपाली मौलिक खानाको संरक्षण, प्रवद्र्धन र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तारका लागि यस्ता पहलहरू निरन्तर हुनुपर्नेमा जोड दिनुभयो ।

    नेपाली मौलिक खानाको विकास, पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्‍याएका उत्कृष्ट सेफ्सहरूको सम्मान गर्दै वार्षिकोत्सवको अवसरमा विशेष सम्मान कार्यक्रमसमेत आयोजना गरिएको थियो । यसले सेफ्सहरूको पेशागत योगदानलाई थप प्रोत्साहन गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ । कार्यक्रममा प्रथम उपाध्यक्ष ठाकुर प्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने महासचिव पदमबहादुर आले मगरले एसोसिएसनको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी कोषाध्यक्ष सुनिल तामाङले वार्षिक आय–व्यय विवरण सार्वजनिक गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सेफ विक्रम गिरीले गर्नुभएको थियो ।

    सेफ्स एसोसिएसन अफ नेपालले आगामी दिनमा नेपाली पाककला, सेफ्सको क्षमता विकास तथा अन्तर्राष्ट्रिय सहकार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ