Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

जिल्ला समन्वय समिति कास्कीद्वारा रूपा रिङ्गरोड सडकको अनुगमन


ग्लोबल पाना
बुधबार, माघ २१ २०८२
  • 263
    SHARES

  • images
    जिल्ला समन्वय समिति कास्कीद्वारा रूपा रिङ्गरोड सडकको  अनुगमन

    पाेखरा । जिल्ला समन्वय समिति कास्कीको टोलि ले रूपा रिङ्गरोड सडकको बुधबार अनुगमन सम्पन्न गरेको छ । गण्डकी प्रदेश सरकार भौतिक पूर्बाधार मन्त्रालय, भौतिक पूर्बाधार कार्यालय मातहत निर्माणाधीन १६ कि मि लामो उक्त सडक २०८१ साउन १७ रू करिब ४७ करोड १८लाख ९१ लागतमा सम्झौता भएर निर्माण प्रारम्भ भएको थियो ।

    images
    images
    images

    बि बि आर कन्स्ट्रक्सन जे भि ले निर्माण गरिरहेको सो सडक २०८३ माघ १६ भित्र निर्माण सम्पन्न हुनेछ । हाल्सम्म २६८१५०७६३ भुक्तानी भएको सो सडकको ५०% भौतिक र ५६ % बित्तीय प्रगती भएको जनाइएको छ । अनुगमनका क्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गुणस्तरीय काममा कुनै कमजोरी हुन नदिन आग्रह गर्दै निर्धारित समयमै सम्पन्न हुने गरेर अगाडि बढ्न निर्माण कम्पनी सहित सरोकारवाला कार्यालयलाई आग्रह गर्नुभयो ।

    भौतिक पूर्बाधार कार्यालयका इन्जिनियर राजेश चित्रकारले सो आयोजनामा रकम अभाव नरहेको र हालसम्म कुनै ब्यबधान नआएको अबस्थामा समयमै निर्माण सम्पन्न हुनेमा आशावादी रहेको उल्लेख गर्नुभयो ।

    प्रमुख पौडेलको नेतृत्वमा उप प्रमुख सरिता माल, सदस्यद्वय राजु अधिकारी र हर्क गुरुङ, जिल्ला समन्वय अधिकारी नवराज बराल सहित बिभागिय कार्यालय का इन्जिनियर ,प्राबिधिक ,कर्मचारी सहित सरोकारवाला उपभोक्ताको सहभागितामा अनुगमन सम्पन्न गरिएको हो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ