Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याउनुपर्छ : सभापति थापा


ग्लोबल पाना
शनिबार, माघ २४ २०८२
  • 353
    SHARES

  • images
    कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याउनुपर्छ : सभापति थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याउनुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौं ५ ले आयोजना गरेको सदस्य भेलामा बोल्दै सभापति थापाले भाद्र २३ र २४ को आन्दोलनबाट पाठ लिएर कांग्रेस सच्चिएको र अब देश बदल्न अभियानमा रहेको भन्दै यो सन्देश तल्लो तहसम्म पुर्याउन कार्यकर्ताहरुसँग आग्रह गरे । ‘कांग्रेस बदलिएको सन्देश तलसम्म पुगेको छैन,’ उनले भने,‘यो सन्देश घर घरमा पुुर्याउनुपर्छ ।

    images
    images
    images

    हिजो कांग्रेसलाई मत हालेका २७ लाख मतदातामाझ जानुपर्छ ।’ सबैले अब घर घरमा गएर संवाद गर्नुपर्ने र जेनजीका कुरा सुन्नुपर्ने भन्दै सभापति थापाले कुरा सुनेर अन्तिममा सडकमा तिमीले गरेको आवाज सुनेर बदलिएको एक मात्र पार्टी कांग्रेस भएको सन्देश पुर्याउनुपर्ने बताए । ‘माघको अधिवेशनपछि सबैभन्दा नयाँ पार्टी कांग्रेस हो । यो सन्देश लिएर घर घर जानुपर्छ,’ उनले भने । सभापति थापाले नागरिक किन रिसाए र कहाँ कमजोरी भयो भन्ने कुरा फेस गर्नुपर्ने भन्दै त्यसकै लागि अधिवेशन भएको र नयाँ नेतृत्व आएको बताए ।

    यसमा कसैले जितेको छैन, कसैले हारेको छैन, उनले भने अब पक्ष विपक्षको च्याप्टर क्लोज भयो । पार्टी एक ठाउँमा छौं । उनले सबै पक्ष मात्र नभएर देशलाई नै मिलाएर लैजाने शक्ति कांग्रेस भएको बताए । देशमा देखिएको भागवण्डाको संस्कृति तथा भ्रष्टाचार रोक्न कांग्रेस सशक्त भएर जाने भन्दै नयाँ कांग्रेसको सन्देश सामाजिक सञ्जालमार्फत समेत फैलाउन आग्रह गरे ।

    प्रदीप पौडेल जिम्मेवार विद्रोही

    सभापति थापाले कांग्रेस महामन्त्री प्रदीप पौडेललाई जिम्मेवार विद्रोही भनेका छन् । कार्यक्रममा उनले भाद्र २३ गतेको आन्दोलनका क्रममा प्रधानमन्त्रीसँग युवा आवाज सुन्नुपर्ने भनेर क्याबिनेटमा झगडा गर्ने मान्छे प्रदीप पौडेल भएको बताए । भाद्र २३ गते म निरन्तर सम्वादमा छु, उनले भने, त्यो दिन प्रधानमन्त्रीको क्याबिनेटमा झगडा गर्ने मान्छे प्रदीप पौडेल हो । उनले मन्त्रीका रुपमा सरकारमा बस्दै गर्दा आफूले शुरु गरेको स्वास्थ्य बीमामा परेका अप्ठेरा हटाउन खोज्दा सहयोग नपाउँदा छड्पटेको देखेको बताए । ‘प्रदीप पौडेलले मन्त्रीका रुपमा कति प्रयास गर्यो ।

    कति असफल भयो । कतिपय नतिजा पनि आयो,’ उनले भने,‘तर उ बेइमान होइन र कहिल्यै पनि इमानसँग सम्झौता गरेको छैन ।’ उनले सरकारमा रहँदा गरेका इमान्दार प्रयाससँगै कांग्रेस नयाँ बनाउने कुरामा पनि आफूसँगै रहेर महामन्त्री पौडेलले ठूलो भूमिका निर्वाह गरेको भनेर तल्लो तहसम्म भनिदिन कार्यकर्तासँग आग्रह गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ