Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

ऐतिहासिक अवसर आएको छ, गगन थापालाई जिताएर मधेशले नेतृत्व लिनुपर्छ : नेता अब्दुल सतार


ग्लोबल पाना
सोमबार, माघ २६ २०८२
  • 272
    SHARES

  • images
    ऐतिहासिक अवसर आएको छ, गगन थापालाई जिताएर मधेशले नेतृत्व लिनुपर्छ : नेता अब्दुल सतार

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारले नेपाली कांग्रेसको राजनीतिक जरा मधेशसँग गाँसिएको बताउँदै अब मधेशले मुलुकको नेतृत्व लिने ऐतिहासिक अवसर आएको बताएका छन् । नेपाल मुस्लिम संघले जनकपुरमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता सतारले कांग्रेसले भावी प्रधानमन्त्रीको उम्मेदवारी मधेशबाट अघि सारेको स्मरण गराए। उनले सभापति गगन थापालाई अत्यधिक मतले विजयी गराएर पठाउनुपर्ने समय आएको उल्लेख गरे । उनले भने, “सभापति गगन थापा सर्लाही–४ मा आउनु नै कांग्रेस र मधेशबीचको सम्बन्ध कति मजबुत छ भन्ने स्पष्ट प्रमाण हो । त्यसैले प्रधानमन्त्री पाउने यो अवसर गुमाउनु हुँदैन ।”

    images
    images
    images

    सतारले मधेशको विकासका लागि कांग्रेससँग स्पष्ट योजना रहेको दाबी गर्दै रोजगारी सिर्जनाका लागि बन्द रहेका उद्योग–कलकारखानालाई पुनः सञ्चालनमा ल्याउन ‘गगन सरकार’ आवश्यक रहेको बताए । उनले नारासमेत दोहोर्याए, “अपकी बार, नो इधर नो उधर, सय पार गगन सरकार ।” पछिल्लो समय कांग्रेसप्रति जनताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै उनले त्यसलाई जोगाउँदै अझ सशक्त रूपमा अघि बढ्न कार्यकर्तालाई आह्वान गरे । “मधेशका लागि नयाँ युग सुरु भएको छ,” उनले भने, “कांग्रेस आफैं मात्र बदलिएको छैन, अब मुलुक बदल्ने संकल्पका साथ अघि बढेको छ ।”

    नेता सतारले सबै जाति, भाषा, धर्म, संस्कृति र समुदायलाई समेट्दै हिमाल, पहाड र तराई जोड्ने ऐतिहासिक घोषणापत्र छिट्टै आउने जानकारी दिए । उनका अनुसार घोषणापत्र छोटो, सटिक र व्यवहारिक हुने तथा मुलुकका विद्यमान समस्याको समाधानका लागि कोशेढुङ्गा सावित हुनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ