Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मुस्ताङ थाक सांस्कृतिक कार्यक्रमले राजधानी ततायो


ग्लोबल पाना
मंगलबार, माघ २७ २०८२
  • 307
    SHARES

  • images
    मुस्ताङ थाक सांस्कृतिक कार्यक्रमले राजधानी ततायो

    काठमाडौं । मुस्ताङ थाक खेलकुद तथा सांस्कृतिक विकास संघको आयोजनामा विविध सांस्कृतिक कार्यक्रम काठमाडौंको राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ । कार्यक्रममा मुस्ताङबाट आएका कलाकारहरूले विभिन्न जातजातिको मौलिक भेषभूषामा सजिएर थकाली तथा गुरुङ भाषामा आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

    images
    images
    images

    साथै तामाङ, गुरुङ, थकाली, थारू, नेवार, राई–लिम्बू लगायतका समुदायको संस्कृति झल्कने पोशाक र प्रस्तुतीमार्फत दर्शकलाई नेपालको बहुजातीय सांस्कृतिक विविधताको अनुभूति गराइएको थियो। मुस्ताङ थाक सांस्कृतिक तथा विकास संघका अध्यक्षका अनुसार मुस्ताङको मौलिक कला, संस्कृति र पहिचानलाई मुस्ताङबाट आएर काठमाडौं तथा अन्य स्थानमा बसोबास गर्ने मुस्ताङबासीसँगै राष्ट्रिय स्तरमा चिनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको हो ।

    कार्यक्रमको उद्घाटन नेपाली सेनाका सहायक रथी गौरव गुरुङले गरेका थिए । कार्यक्रममा मुस्ताङसँग सम्बन्धित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ