Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

युवा रोजगारी र उद्यमशीलताः अवसर कि अन्योल? बिषयक संवादमूलक छलफल सम्पन्न


ग्लोबल पाना
मंगलबार, माघ २७ २०८२
  • 492
    SHARES

  • images
    युवा रोजगारी र उद्यमशीलताः अवसर कि अन्योल? बिषयक संवादमूलक छलफल सम्पन्न

    काठमाडौं । “युवा र भविष्यः अवसर कि अन्योल?” अन्तर्गतको दोस्रो संवाद श्रृंखला सोमबार सम्पन्न भएको छ। युवा रोजगारी र उद्यमशीलता विषयक आयोजित यस कार्यक्रममा विभिन्न दृष्टिकोणबाट छलफल भएको थियो । कार्यक्रमका विशेष अतिथि हरिहर सुवेदीले रोजगार समस्या समाधानका लागि सरकारले नीतिहरू सुधार गर्दै सीपमूलक तालिम र व्यावसायिक शिक्षालाई प्राथमिकतामा राख्न आवश्यक रहेको ब​ताउनुभ​यो । 

    images
    images
    images

    उहाले राजनीतिक स्थायित्वसँगै उद्योग र व्यापारको अवस्था सहज बनाउने व्यवस्था भएमा रोजगार सिर्जना सम्भव हुने कुरामा जोड दिनुभयो। उद्यमी सन्तोष आर. सुवेदीले बदलिँदो विश्व परिवेशअनुसार नीति र सोच परिवर्तन हुनु आवश्यक रहेको बताउनुभयो ।

    उहाले युवामा उद्यमशीलता विकास गर्न मानसिकता परिवर्तन अपरिहार्य रहेको उल्लेख गर्दै, कर्जा र स्टार्टअप सम्बन्धी सुविधा अझ सहज बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो। अर्का प्यानलिष्ट रुपेश खनालले नेपालमा सरकारी जागिर छोडेर विदेश जाने युवाहरूको संख्या बढ्नु चिन्ताजनक भएको र व्यवसायमा लगानी जुटाउन कठिनाइ भएको बताउनुभयो। उहाले नेपालमै फर्केर काम वा व्यवसाय गर्न इच्छुक युवाहरूको सामना चुनौतीपूर्ण अवस्थासँग भइरहेको प्रष्ट पार्नुभयो। कार्यक्रमको संयोजन राजु भट्टराईले गर्नुभएको थियो भने डा. समीर खरेललेअध्यक्षता गर्नु भएको थियो ।

    कार्यक्रममा वरिष्ठ पत्रकार सरोज ओझाले संचालकको भूमिका निर्वाह गर्नुभएको थियो । कार्यक्रमका सहभागीहरूले युवा, रोजगारी, उद्यमशीलता, नीति र सीप विकासका विषयमा बहस गर्दै समाधान खोज्ने प्रयास गरेका थिए। यस प्रकारको संवाद श्रृंखला युवाहरूलाई सक्रिय सहभागिता र समाधानमुखी छलफलका लागि निरन्तर अवसर प्रदान गर्दै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ