Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

भाषा मर्दा ज्ञान प्रणाली पनि मर्छ : कुलपति राई


ग्लोबल पाना
बुधबार, माघ २८ २०८२
  • 204
    SHARES

  • images
    भाषा मर्दा ज्ञान प्रणाली पनि मर्छ : कुलपति राई

    तेह्रथुम । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले कुनै पनि भाषा मर्दा त्यससँग सम्बन्धित ज्ञान प्रणाली पनि मर्ने भएकाले भाषिक र सांस्कृतिक विविधताको संरक्षण अत्यावश्यक रहेको बताउनुभय‍ो । 'छथर'साहित्यिक समाज तेह्रथुम र नेपाल प्रज्ञा- प्रतिष्ठानको सामाजिक शास्त्र विभागको संयुक्त आयोजनामा सोमबार छथर सुदापस्थित च्याङलुङ गुफा क्षेत्रमा आयोजित छथर क्षेत्रका जातीय-सांस्कृतिक विविधता तथा साहित्यिक-सामाजिक सहअस्तित्व विषयक प्राज्ञिक विचार गोष्ठीको उद्घाटन गर्दै कुलपति राईले भाषासँग जोडिएका संस्कृति, मौलिक जीवनपद्धति, लोकज्ञान र सामाजिक मूल्यहरू पनि जोगाउनु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

    images
    images
    images

    यसै आवश्यकताको बोध गरेर आफूहरूले सम्बन्धित समुदाय र स्थानीय क्षेत्रमा प्रतिष्ठानका गतिविधि केन्द्रित गर्दै लगेको उहाँको भनाइ राख्नुभयो । प्रज्ञा-प्रतिष्ठानका सामाजिक शास्त्र विभाग प्रमुख डा. कौशिला रिसालले प्रज्ञा प्रतिष्ठानका गतिविधिलाई गाउँ गाउँसम्म पुर्‍याउने अभियानअन्तर्गत आफ्नो विभागको सहकार्यमा छथरमा कार्यक्रम भएको बताउनुभयो। गाउँपालिका प्रमुख सन्तोष तिगेलाले यस्तो कार्यक्रमले छथर क्षेत्रभित्रका साहित्यिक र सांस्कृतिक सम्पदाको संरक्षणमा गाउँपालिकालाई थप हौसला मिलेको बताउनुभयो ।

    सो अवसरमा डा. कमल तिगेलाद्वारा प्रस्तुत कार्यपत्र उपर डा. देवी क्षेत्री दुलाल र डा. धर्म ढकालले टिप्पणी गर्नुभएको थियो। कार्यक्रममा विभिन्न समुदायले आफ्ना मौलिक भेषभूषा र सांस्कृतिक पहिरनसहित बाजागाजा र नृत्य प्रस्तुत गरेका थिए । सहभागीले च्याङलुङ गुफाको अवलोकन गर्दै गुफाबारे प्रचारप्रसार गरी पर्यटक बढाउन सकिने धारणा पनि राखेका छन् ।

    छथर साहित्यिक समाजका अध्यक्ष दिनेश थापाको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका सचिव रोशन यात्रीले सञ्चालन गर्नुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ