Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नुवाकोट–१ मा डा. महतको पक्षमा युवाहरूको लहर, पार्टी प्रवेश गर्नेकाे घुईचाे


ग्लोबल पाना
बुधबार, माघ २८ २०८२
  • 200
    SHARES

  • images
    नुवाकोट–१ मा डा. महतको पक्षमा युवाहरूको लहर, पार्टी प्रवेश  गर्नेकाे घुईचाे

    नुवाकोट । नुवाकोट क्षेत्र नम्बर १ मा डा. प्रकाश शरण महतलाई विजयी गराउने संकल्पसहित नेपाली कम्युनिष्ट पार्टीका दर्जनौं युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उद्यम, व्यवसाय तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय नेकपा बागमती प्रदेश सदस्य तथा नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समिति उपाध्यक्ष मनोज तामाङसहितको टोली कांग्रेसमा आबद्ध भएको हो। उनीहरूलाई नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले टिका–माला लगाएर पार्टीमा स्वागत गरेका थिए।

    images
    images
    images

    स्वागत समारोहमा बोल्दै डा. महतले युवाहरूले देखाएको विश्वास र ऐक्यबद्धताले नुवाकोटको विकास, समृद्धि र सकारात्मक परिवर्तनको साझा यात्रालाई थप ऊर्जा दिएको बताए। उनले जनताको आशा र भरोसालाई केन्द्रमा राखेर सहकार्य, सम्मान र जिम्मेवारीका साथ समुन्नत नुवाकोट निर्माणतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। “आउनुहोस्, एकताबद्ध भएर उज्ज्वल भविष्यको आधार तयार गरौँ,” उनले आह्वान गरे।

    लामो समयदेखि नेकपामा सक्रिय रहँदै आएका नुवाकोटका युवाहरू विकासमुखी नेतृत्वको आवश्यकता महसुस गर्दै डा. महतलाई जिताएर जिल्लाको मुहार फेर्ने अभियानमा सहभागी भएको बताएका छन्। युवाहरूको यो प्रवेशसँगै नुवाकोटमा नेकपालाई ठुलो धक्का पुगेको राजनीतिक विश्लेषकहरूको आकलन छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ