Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सबुज बाँनियाकाे महिला सशक्तीकरणमा जोड, कांग्रेसको विजय सुनिश्चित गर्ने प्रतिबद्धता


ग्लोबल पाना
बिहीबार , माघ २९ २०८२
  • 288
    SHARES

  • images
    सबुज बाँनियाकाे महिला सशक्तीकरणमा जोड, कांग्रेसको विजय सुनिश्चित गर्ने प्रतिबद्धता

    काठमाडौं । नेपाली कांग्रेस क्षेत्र नं. ६ ले महिलालाई संगठित गर्दै आगामी निर्वाचनमा जित सुनिश्चित गर्ने अभियानलाई तीव्र बनाएको छ । यही क्रममा नेपाल महिला संघ परिवारको आयोजनामा फागुन २९ गते बिहीबार टोखा–८ स्थित मेरीगोल्ड पार्टी प्यालेसमा चुनावी महिला मेला तथा विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

    images
    images
    images

    कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता तथा काठमाडौं क्षेत्र नं. ६ का प्रतिनिधि सभा उम्मेद्वार सबुज बनियाँ (कृष्ण) ले महिलाको साथ र विश्वास नै कांग्रेसको सबैभन्दा ठूलो शक्ति भएको बताए । उनले लोकतन्त्रको रक्षा, राष्ट्रियताको मजबुती र समाजवाद उन्मुख समृद्धिका लागि रुख चिन्हमा मतदान गर्न आह्वान गरे । बाँनियाले महिला सहभागिताबिना राजनीतिक परिवर्तन सम्भव नहुने उल्लेख गर्दै कांग्रेसको विजयका लागि घर–घर पुग्न आग्रह गरे ।

    कार्यक्रममा विशिष्ट अतिथिका रूपमा क्षेत्रीय सभापति श्यामकृष्ण खड्की, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन डंगोल, बागमती प्रदेश सांसद हरि प्रभा खड्की, प्रदेश सभापति काठमाडौं क्षेत्र नं ६ (क) खेम तिवारी, तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन लगायतका नेताहरूको बाक्लो उपस्थिति रहेको थियो ।

    कार्यक्रममा काठमाडौं–६ क्षेत्रभित्रका महिला प्रतिनिधि, पार्टी कार्यकर्ता र शुभेच्छुकहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो । कार्यक्रममा महिला सशक्तिकरण, समावेशी नेतृत्व र विकास निर्माणमा महिलाको महत्वपूर्ण भूमिकालाई अझ सुदृढ बनाउने दृढ प्रतिबद्धताका साथ सहभागीहरूले घर–घर पुगेर, समाजका हरेक तहसम्म महिलाको आवाज र सक्रियतामार्फत कांग्रेसको विजय सुनिश्चित गर्न सँगै काम गर्ने अठोट पनि व्यक्त गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ