Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

भिभोको अहिलेसम्मकै ठूलो ब्याट्रीसहित वाई ३१डि छिट्टै नेपाली बजारमा


ग्लोबल पाना
शुक्रबार, फागुन १ २०८२
  • 175
    SHARES

  • images
    भिभोको अहिलेसम्मकै ठूलो ब्याट्रीसहित वाई ३१डि छिट्टै नेपाली बजारमा

    काठमाडौं । प्रयोगकर्ताको वास्तविक आवश्यकता केन्द्रमा राख्दै स्मार्टफोन विकास गर्दै आएको भिभोले अब आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्रीसहितको नयाँ स्मार्टफोन भिभो वाई ३१डि सार्वजनिक गर्ने तयारीमा छ । मनोरञ्जन, व्यस्त यात्रा र निरन्तर कामका लागि डिजाइन गरिएको यो स्मार्टफोनले दैनिक प्रयोगमा लामो समयसम्म भरपर्दो साथ दिने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    सामान्यतया करिब ५००० एमएएच वरिपरि सीमित रहने स्मार्टफोन ब्याट्री क्षमताभन्दा धेरै अगाडि बढ्दै, भिभो वाई ३१डिमा ७२०० एमएएचको विशाल ब्याट्री रहनेछ, जुन भिभोको अहिलेसम्मकै सबैभन्दा ठूलो ब्याट्री हो। छिटो चार्जिङका लागि यसमा ४४ वाटको फ्ल्यासचार्ज सपोर्ट रहने बताइएको छ, जसले छोटो समयमा नै फोनलाई फेरि प्रयोगका लागि तयार पार्नेछ ।

    साथै, लामो समयसम्म ब्याट्री स्वास्थ्य कायम राख्न यसमा ६ वर्षको ब्याट्रि हेल्थ ग्यारेण्टी रहेको छ र २५–डाइमेन्सन सेफ्टी प्रोटेक्सनले सुरक्षित र स्थिर प्रयोग सुनिश्चित गर्ने भिभोको दाबी छ । दैनिक जीवनका चुनौतीहरूलाई ध्यानमा राख्दै भिभो वाई ३१डिमा आई पी ६८ र आई पी ६९ डस्ट तथा वाटर रेसिस्टेन्स दिइनेछ, जसले धुलो, पानी र सामान्य झट्काबाट डिभाइसलाई सुरक्षित राख्नेछ ।

    परफर्मेन्सको कुरा गर्दा, यसमा स्नापड्रागन सिक्स एस गेन टु फोर जी प्रोसेसर रहनेछ, जसले कम पावर खपत र कम तात्ने विशेषतासहित स्मूथ गेमिङ, स्ट्रिमिङ र दैनिक प्रयोगको अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ । साथै, ओरिगिन ओएस सिक्सले स्मार्ट फिचरहरू सहित अझ सहज र आधुनिक सफ्टवेयर अनुभव प्रदान दिनेछ । डिजाइनतर्फ, भिभो वाई ३१डिलाई हल्का तौल, आरामदायी ग्रिप र प्रिमियम लुकका साथ तयार पारिएको बताइएको छ, जसले यसलाई स्टाइलिस र दैनिक प्रयोगका लागि झन् सहज बनाउनेछ ।

    यद्यपि अझै आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन, भिभो वाई ३१डिले लामो ब्याट्री ब्याकअपको नयाँ मापदण्ड स्थापित गर्ने संकेत दिइरहेको छ । भिभोको अहिलेसम्मकै ठूलो ब्याट्रीसहित आउने यो स्मार्टफोनले प्रयोगकर्तालाई “लामो समयसम्म चल्ने पावर” को नयाँ अनुभव दिने अपेक्षा गरिएको छ । भिभो वाई ३१डिको आधिकारिक घोषणा छिट्टै हुने जनाइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ