Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

पोखरा २१ लाई पर्या-पर्यटनको आकर्षक गन्तब्य बनाउन एमाले उम्मेदवार आचार्यलाई स्थानियको सुझाव


ग्लोबल पाना
आइतबार, फागुन ३ २०८२
  • 170
    SHARES

  • images
    पोखरा २१ लाई पर्या-पर्यटनको आकर्षक गन्तब्य बनाउन एमाले उम्मेदवार आचार्यलाई स्थानियको सुझाव

    पोखरा । आसन्न प्रतिनिधि सभा निर्बाचनमा कास्की क्षेत्र न २ का लागि ने क पा एमालेकाउम्मेदवार रश्मि आचार्यलाई पोखरा २१ कृष्ती का स्थानीयले सो क्षेत्रलाइ पर्या पर्यटनको महत्त्वपूर्ण आकर्षक गन्तव्य निर्माणको अबधारणा तयार गर्न आग्रह गरेका छन । सनिवार सुझाव संकलन तथा अन्तरक्रीया गर्न सो वडाको फुस्रेखोला, रामदी, एकहाते ,मट्टीखान लगायतका स्थानमा पुगेका उम्मेदवार आचार्यलाई स्थानीयले सुझाव दिदै सो आग्रह गरेका हुन ।

    images
    images
    images

    कास्कीको दक्षिणी भेग पोखरा ३३ र २१ तत्कालीन संविधान सभा सदस्य रबिन्द्र अधिकारीको पहलमा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यता, कृस्ती, निर्मल पोखरी, भरत पोखरी पर्यटन बिकास समितीको आयोजनामा भएर पर्यटन क्षेत्र घोषणा भएको क्षेत्र हो ।

    अब भौतिक बिकास रफ्तारमा अघि बढे संगै पर्यटन बिकासको गुरुयोजना समेत अगाडि बढाउन आफ्नो साथ उम्मेदवार आचार्यलाइ रहने स्थानियहरूले उल्लेख गरेका छन। प्रचुर पर्यटकीय तिब्रतर बिकासको सम्भावना सो घोषणाबाट आशातित प्रतिफल र नतिजा प्राप्त गर्न अब विशेष प्याकेज बनाउदै छौ पर्यटन क्षेत्र घोषणाकालमा संयोजक समेत रहेका सो वडाका पूर्ब वडाअध्यक्ष खगराज आचार्यले उल्लेख गरे ।

    बाटो खानेपानी बिजुली ,ईन्टरनेट सेवा सहित शिक्षा र भौतिक पूर्बाधारका काम रफ्तार अघि बढेका छन । अब पर्यटन बिकासका सो क्षेत्र तयारी अबस्थामा पुग्दैछ । अब केही बर्षमा यो क्षेत्रलाई पोखरालाई हेर्ने तथा जोड्ने डेस्टिनेसन प्याराडाइज बनाउने हाम्रो परिकल्पना पूरा गर्नुछ ।आचार्यले उल्लेख्य गरे ।

    सो क्षेत्रबाट निर्बाचित गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीले प्राचिनकालदेखी पोखरीले चिनारी बनाउदै आएका भरत पोखरी, निर्मल पोखरी र कृस्तिका प्राचीन पोखरी भएका स्थान मट्टिखान, बाझीपोखरी, डाडा गाउँको महारुद्र र हुडिकोट्मा अत्याधुनिक आइ टि पार्क, पिकनिक स्थल सहितको पोखरी पुनः निर्माण गरेर आकर्षक धार्मिक पर्यटन गन्तब्य निर्माणको काम पूरा गर्नुछ भन्दै पोखरा १७ को छोरपाटन देखि कृस्तिको मट्टीखान, निर्मलपोखरीको बाझीपोखरी ,भरतपोखरीको महारुद्र हुडिकोट पुर्णिटार कोत्रे सम्म "जाउ हेरौं पोखरा" भन्ने उद्घोष राखेर महत्वपूर्ण पर्यटकिय आकर्षण सहित" कनेक्सनका लागि संभाब्यता अध्ययन गर्दैछौं कार्कीले उल्लेख गरे ।

    उत्साहपूर्ण जन सहभागितामा सुझाव संकलन गर्दै जनताको समिप पुगेका उम्मेदवार रश्मि आचार्यलाई स्थानियहरूले " ग्रीन हिल भिलेज टूर " डेस्टिनेसन बनाउन होम स्टे निर्माणको विशेष प्याकेज कार्यक्रमको घोषणा गर्न ,उक्त दुई वडामा होटल, रेस्टुरेन्ट, होम स्टे वा कुनै ब्यबसाय संचालन गर्न चाहने व्यावसायिक ब्यक्ति र प्रतिस्ठानहरूलाइ विशेष सहुलियत सहित आर्थिक प्याकेजको घोषणा गर्न, कृस्तिको मट्टीखान निर्मलपोखरीको बाझीपोखरी, भरतपोखरीको महारुद्र ,हुडिकोट हुँदै पूर्णिटार सम्म कम्तिमा एक वटा बैंकको शाखा स्थापना र संचालन गर्ने, छोरपाटन देखि कृस्तिको मट्टीखान, निर्मलपोखरीको बाझीपोखरी भरतपोखरीको महारुद्र, हुडिकोट हुँदै पूर्णिटार सम्म कम्तिमा एक क्षेत्र एक उत्पादन (बाख्रा, सुन्तला, तरकारी आदिको) लाई पकेट क्षेत्र निर्धारण सहित एक टोल एक कृषी उत्पादन र बजारिकरण सहज बनाउदै कृषि उत्पादन संकलनको ब्यबस्थापन गर्न र कृषि एम्बुलेन्सको उक्त स्थानहरूमा पहुच बिस्तार सहित युबा स्वरोजगार अभियान संचालन गर्न, कृस्तिको मट्टीखान, निर्मलपोखरीको बाझीपोखरी, भरतपोखरीको महारुद्र ,हुडिकोट सम्म सम्भाब्यता अध्ययन सहित साहित्यकार र संचारकर्मीहरूको समेत नियमित अन्तर्क्रीयाका लागि साहित्य मिडिया ग्राम निर्माण गर्न, पर्यावरण संरक्षण हेतु कास्की तनहुँ र स्याङ्जाको संगम स्थान "सुरौदी खोला - खारखोला - लाङ्दी खोला -गोलादी खोला - फुश्रेखोला जलाधार संरक्षण क्षेत्र "घोषणा गरि स्थापना र संचालन सहित" पर्या -पर्यटन बिकासको गुरूयोजना" बनाउन सुझाव दिएका छन । -स्याङ्जा र तनहुँको समेत "लिन्क स्पट रूटको रूपमा रहेका गोलादी खोला -खारखोला - टक्सारसम्म ट्र्याक खोली सकेका बाटोहरूको स्तरोन्नति सहित "गोलादी खोला -खारखोला - टक्सार करिडोर सडक"को अबधारणा निर्माण गरि कार्यान्वयन शुरु गर्न ।

    छोरपाटन देखि कृस्तिको मट्टीखान निर्मलपोखरीको बाझीपोखरी, भरतपोखरीको महारुद्र ,हुडिकोट हुँदै पूर्णिटार सम्म स्थानिय टेम्पो यातायात, राइडर सेवा शुरू गर्न कार्ययोजना निर्माण गर्न सो भेगमा कम्तीमा " एक प्राबिधिक शिक्षालयको स्थापना र सुब्यबस्थित संचालन गर्न,संचालित शिक्षालयहरूको सबलिकरण र गुणस्तर सुधार गर्न नीति योजना निर्माण गर्न, -डाडा गाउँ, निर्मलपोखरी र कृष्तिमा संचालित उप स्वास्थ र स्वास्थ चौकीहरूलाइ आधारभुत प्रयोगशाला र बिमा सुबिधा सहितका कम्तीमा १५ सैयाका अस्पतालमा स्तरोन्नति गर्न, दुई वडाहरूमा गर्भवती महिला र ७० बर्ष माथिका जेष्ठ नागरिकहरूलाइ लक्षित गरेर घर घरमा "जेष्ठ तथा गर्भवती महिला" नर्सिङ सेवा संचालन गर्न आग्रह गरेका छन ।

    जेष्ठ नागरिक, गर्भवती महिला र अन्य बिमारीहरूको उपचार रेखदेख र स्याहार सुसार लाई लक्षित गरि दुई वडामा सुबिधा सम्पन्न "निशुल्क एम्बुलेन्स सेवा" संचालन गर्न, केही ग्रामिण भुभागहरूमा अझैसम्म मोबाइल टावरको समस्या देखिएको हुँदा सो स्थानमा मोबाइल नेटवर्क र ईन्टरनेट सेवा बिस्तार र सबलिकरणका लागि सेवा प्रदायक संस्थालाई उत्प्रेरित गर्न, पोखरा वडा २१ र ३३ लाई लक्षित गरेर सह लगानी, बृहत् खानेपानी आयोजनाका काम द्रुत गतिमा सम्पन्न गरेर खानेपानीको सहज, सरल र नियमित आपूर्तिमा समन्वय र सहकार्यलाइ थप घनिभुत गर्न आग्रह गरेका छन ।

    सो अबसरमा उम्मेदवार आचार्यले सबैका सुझाव र सल्लाह लियर योजना बनाउन आफू आएको भन्दै जनताको समस्याको पहिचान र निराकरणका लागि "स्थानीय तह र प्रदेश तहका जनप्रतिनिधि बिचको सम्बन्ध समेत प्रगाढ र घनिभुत बनाउन "स्थानिय तह तथा प्रदेश तहका जनप्रतिनिधिहरूको सहभागीतामा" कम्तिमा तीन वा छ महिनामा एकपटक "टोल टोलमा जनप्रतिनिधि" कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जनाए ।

    पूर्ब संचालित बहुबर्शिय तथा दीर्घकालीन र अल्पकालीन योजना र कार्यक्रम लाइ प्रभाबकारी बनाउन पूर्ब जन प्रतिनिधि, बिज्ञ समुह आदि संगको छलफल गर्ने र सो नियमित गर्ने उल्लेख गर्दै आफू काम गर्ने स्पस्ट कार्यदिशा सहित निर्बाचनमा आएको उल्लेख गरे । सो अबसरमा सो वडाका एमाले अध्यक्ष राजेन्द्र थापाले आफुहरूले निर्बाचित गराएका जनप्रतिनिधि उदाहरण बनेर राम्रा काम गरेको जिकिर गर्दै आफुहरू रश्मि जस्तो गर्व गर्न लायक उम्मेदवार पाएको भन्दै राष्ट्रिय राजनिती र बिकासमा अगुवाइ गर्ने,नीति निर्माणका लागि प्रभाबशाली रश्मि हुने उल्लेख गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ