Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

महाशिवरात्रिको अवसरमा कुपण्डोल स्थित शिव मन्दिरमा लघु रुद्री महामृत्युञ्जय रुद्राभिषेक तथा अनुष्ठान यज्ञ सम्पन्न 


ग्लोबल पाना
आइतबार, फागुन ३ २०८२
  • 263
    SHARES

  • images
    महाशिवरात्रिको अवसरमा कुपण्डोल स्थित शिव मन्दिरमा लघु रुद्री महामृत्युञ्जय रुद्राभिषेक तथा अनुष्ठान यज्ञ सम्पन्न 

    काठमाडौं । महाशिवरात्रिको पावन अवसर पारेर फागुन ३ गते आइतबार कुप​ण्डोल​ स्थित आराध्यदेव भगवान श्री शिव मन्दिर मा लघु रुद्री महामृत्युञ्जय रुद्राभिषेक तथा अनुष्ठान यज्ञ सम्पन्न गरिएको छ। धार्मिक आस्था र सनातन परम्पराको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको उक्त अनुष्ठानमा श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको थियो। अनुष्ठान धर्मरक्षक गुरु आचार्य पं. डा. नरोत्तम लाल श्रेष्ठ (ज्योतिषाचार्य) र उहाँकी धर्मपत्नी सुचिता श्रेष्ठद्वारा अभिषेक कर्ताको रूपमा सम्पन्न गरिएको हो।

    images
    images
    images

    सोही अवसरमा गुरु नानक मठ परिसरमा धार्मिक सभाको समेत आयोजना गरिएको थियो। कार्यक्रममा राष्ट्रिय​ धर्मसभाका अध्यक्ष प्रा. डा माधव भट्टराई  प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले भगवान शिवको महिमा वर्णन गर्दै फागुन कृष्ण चतुर्दशी  मा पर्ने शिवरात्रिमा गरिने धार्मिक कार्यले विशेष पुण्य प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले धर्मरक्षा तथा धार्मिक कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश फैलाउँदै आएको भन्दै आचार्य श्रेष्ठको प्रशंसा गर्नुभयो।

    कार्यक्रममा आचार्य पं. डा. नरोत्तम लाल श्रेष्ठले विगत वर्षहरूमा महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर लगायत विभिन्न स्थानमा बृहत धार्मिक कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो। आफ्नै जन्मथलो कुपन्डोलमा यज्ञ आयोजना गर्न पाउँदा कर्तव्यबोध र विशेष हर्ष अनुभूति भएको उहाँको भनाइ थियो। पूर्व मन्त्री ओम​कार​ श्रेष्ठले मानव धर्म नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै धार्मिक सहिष्णुताले मात्र देशमा शान्ति र समुन्नति सम्भव हुने धारणा राख्नुभयो। त्यसैगरी सिख धर्मगुरु प्रितम सिंहले सनातन धर्म समुदायको हितमा यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्दै आयोजकप्रति साधुवाद व्यक्त गर्नुभयो।

    कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिज्ञ, समाजसेवी, धर्मसेवी तथा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो। धार्मिक सभा पश्चात सहभागीहरूलाई प्रसादस्वरूप सात्विक भोजन ग​राईएको आयोजकले जनाएको छ। 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ