Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद : जितपछि मन्त्री बन्ने विश्वास व्यक्त


ग्लोबल पाना
मंगलबार, फागुन ५ २०८२
  • 340
    SHARES

  • images
    प्रकाशचन्द्र दवाडीलाई हरि घलेको आशीर्वाद : जितपछि मन्त्री बन्ने विश्वास व्यक्त

    गाेरखा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गोरखाका पूर्व पार्टी सभापति हरि घलेसँग आज बारपाकमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ । भेटका क्रममा घलेले प्रतिनिधि सभाका उम्मेदवार प्रकाशचन्द्र दवाडीलाई जितको शुभकामना दिँदै गगन थापा प्रधानमन्त्री बन्ने र प्रकाशचन्द्र दवाडी मन्त्री बन्ने विश्वास व्यक्त गर्दै आशीर्वाद प्रदान गर्नुभएको हो ।

    images
    images
    images

    यस अवसरमा केही दिनअघि विभिन्न राजनीतिक दलहरूले सामाजिक सञ्जालमार्फत फैलाएको गलत प्रचारप्रति उहाँले गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । आफू दुई कार्यकालसम्म कांग्रेसको जिल्ला पार्टी सभापति भएर जिम्मेवारी सम्हालेको स्मरण गर्दै उहाँले हाल स्वास्थ्य समस्याका कारण बेड रेस्टमा रहेको जानकारी दिनुभयो ।

    नियमित औषधि सेवन गर्नुपर्ने अवस्था रहेकाले प्रत्यक्ष चुनावी प्रचारप्रसारमा सहभागी हुन नसकेको उहाँको भनाइ थियो। यद्यपि, घरमै बसेर भए पनि कांग्रेसका दुवै क्षेत्रका उम्मेदवारहरूको पक्षमा मत माग्ने र विजयी गराएर मन्त्री बनाउने अभियानमा निरन्तर साथ रहने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ