Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

साके एन्ड फेङ्गमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक


ग्लोबल पाना
बुधबार, फागुन ६ २०८२
  • 245
    SHARES

  • images
    साके एन्ड फेङ्गमा नेवारी परिकारसहित नयाँ विशेष मेनु सार्वजनिक

    काठमाडौं । लाजिम्पाटस्थित होटल ले हिमालयको छैठौं तलामा रहेको पान–एशियन फाइन डाइनिङ रेस्टुरेन्ट साके एन्ड फेङ्गले नेवारी परिकारहरू समेटिएको नयाँ विशेष मेनु सार्वजनिक गरेको छ । स्थानीय स्वाद, सांस्कृतिक मौलिकता र उच्चस्तरीय डाइनिङ अनुभव एउटै स्थानमा प्रस्तुत गर्ने उद्देश्यका साथ यो नयाँ मेनु सुरु गरिएको हो ।

    images
    images
    images

    साके एन्ड फेङ्ग पान–एशियन भोजनका लागि परिचित रेस्टुरेन्ट हो । यसले इनडोर तथा आउटडोर एम्बियन्स, निजी डाइनिङ र मिटिङ रूम, कराओके रूम र रूफटप स्पेसजस्ता सुविधाहरू प्रदान गर्दै आएको छ । यी सबै सेवा समेटेर, निजी कार्यक्रम, सामाजिक जमघट र कर्पोरेट इभेन्टका लागि उपयुक्त वातावरण सिर्जना गरिएको छ ।

    नेवारी संस्कृति आफ्नो परम्परा, चाडपर्व, कला, वास्तुकला र खाजा तथा विविध परिकारका लागि प्रसिद्ध छ । नेवारी खाजा नेपालको सांस्कृतिक रूपमा समृद्ध परिकारका लागि परिचित छ । यसको स्वाद, मसला, बनाउने तरिका र विविधताका कारण विशेष मानिन्छ। परम्परागत मसला, स्थानीय सामग्री र पुस्तौँ देखि हस्तान्तरण हुँदै आएको पकाउने शैलीले हरेक परिकारलाई स्वस्थ र स्वादिलो बनाउँछ ।

    अब रेस्टुरेन्टका सबै ग्राहकहरूले पान–एशियन फाइन डाइनिङको अनुभवसँगै मौलिक नेवारी स्वादको पनि आनन्द लिन पाउनेछन् । साके एन्ड फेङ्गले गुणस्तरीय सामग्री, परम्परागत विधि र उत्कृष्ट प्रस्तुतीकरणमार्फत नेवारी भोजनलाई विशेष रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    थप जानकारीका लागि सम्पर्क:

    साके एन्ड फेङ्ग, लाजिम्पाट, काठमाडौँ

    फोन: ९८०२३४३६८४ / ०१-४५३१३८८

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ