Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौं ५ मा रास्वपा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कांग्रेस प्रवेश


ग्लोबल पाना
बिहीबार , फागुन ७ २०८२
  • 312
    SHARES

  • images
    काठमाडौं ५ मा रास्वपा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कांग्रेस प्रवेश

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा रास्वपाका प्रतिनिधि सभा सदस्य टिकट आकांक्षी एवं केन्द्रीय गुनासो विभाग प्रमुख प्रणय समशेर राणा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य दीपक केसी नेपाली कांग्रेस प्रवेश गरेका छन् । द्वन्द्व व्यवस्थापनमा विद्यावारिधी गरेका राणा यसअघिको प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट रास्वपाका उम्मेदवार थिए ।

    images
    images
    images

    २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राणाले ५ हजार ४ सय ७७ मत प्राप्त गरेका थिए । रास्वपामा टिकट वितरणको पद्दतीमा प्रश्न उठाउँदै आएका राणाले केही दिन अघि पार्टीमा विधि र पद्दती मिचिएको भन्दै रास्वपाबाट राजीनामाको घोषणा गरेका थिए । उनले रास्वपाले प्राइमरीका आधारमा उम्मेदवार चयन गर्ने भनेर शुल्क उठाए पनि पछि त्यसको बर्खिलाप गएर टिकट वितरण गरेको भन्दै उनले निरन्तर विरोध जनाउँदै आएका थिए ।

    रास्वपाको स्थानीय संगठनमा बलियो पकड बनाएका राणाको रास्वपा परित्याग र कांग्रेस प्रवेशले काठमाडौं ५ को निर्वाचनमा कांग्रेसलाई लाभ हुने विश्वास गरिएको छ ।

    यसैगरी कामनपा ३ मा बलियो प्रभाव रहेका समाजवादी पार्टीका केन्द्रीय सदस्य केसी विगतमा वडाध्यक्ष रहिसकेका छन् । वडामा प्रभावशाली केसीको कांग्रेस प्रवेशले संगठनात्मक रुपमा कांग्रेसलाई लाभ हुने ठानिएको छ । दुवैलाई राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा राणा र केसीलाई सभापति गगनकुमार थापा र महामन्त्री प्रदीप पौडेलले पार्टी प्रवेश गराए ।

    काठमाडौं ५ बाट महामन्त्री पौडेल कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ