काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ६ का प्रतिनिधि सभा सदस्य उम्मेदवार सबुज बानियाले फागुन १३ गते तारकेश्वर क्षेत्रमा घरदैलो अभियान सञ्चालन गर्ने भएका छन् । बिहान ७:३० बजे मनमैजु मन्दिरबाट सुरु हुने कार्यक्रमअन्तर्गत बानियाको टोलीले वडा नं. ८, ९, १० र ११ मा परिक्रमा गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गर्नेछ ।
अभियान टोलीका अनुसार घरदैलोमार्फत स्थानीय समस्या, सुझाव र जनअपेक्षा संकलन गरिनेछ । साथै विकास, सुशासन र समृद्धिको स्पष्ट रोडम्यापसहित समाधानमुखी प्रतिबद्धता प्रस्तुत गर्दै टोली मतदातामाझ पुग्ने बताइएको छ। यसै दिन साँझ ५ बजे लोकतान्त्रिक चोकमा कोणसभा आयोजना गरिने नेपाली कांग्रेस जिल्ला सदस्य लक्ष्मण महर्जनले जानकारी दिए ।
सभामार्फत उम्मेदवार बानियाले आफ्ना ठोस चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै व्यापक समर्थन जुटाउने कार्यक्रम रहेको जनाइएको छ । घरदैलो तथा कोणसभालाई प्रभावकारी र उत्साहपूर्ण बनाउन क्षेत्रका नेता–कार्यकर्ता, शुभेच्छुक तथा आम मतदातालाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ ।
स्थानीय विकासका स्पष्ट योजना र जनतासँगको बलियो सम्बन्धका कारण काठमाडौं–६ मा बानियाको अभियान थप गतिशील बन्दै गएको दाबी गरिएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


