Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

विपद व्यवस्थापन वहुपक्षीय साझेदारितामा मात्र प्रभावकारी हुने भएकोले सुरक्षा निकायलाई सहायता प्रदान : कार्यवाहक प्रमुख, डंगोल


ग्लोबल पाना
मंगलबार, फागुन १२ २०८२
  • 257
    SHARES

  • images
    विपद व्यवस्थापन वहुपक्षीय साझेदारितामा मात्र प्रभावकारी हुने भएकोले सुरक्षा निकायलाई सहायता प्रदान : कार्यवाहक प्रमुख, डंगोल

    काठमाडौं । काठमाडौं महानगरपालिकाले शार्दुलजंग गुल्मलाई आगलागी नियन्त्रणका लागि आवश्यक पर्ने साधन तथा उपकरण प्रदान गरेको छ । आज गुल्म परिसरमा आयोजित समारोहमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, गुल्मपति सुमित राज मल्ललाई सामग्री तथा उपकरण हस्तान्तरण गर्नुभएको हो ।

    images
    images
    images

    त्यस अवसरमा महानगरपालिकाका प्रवक्ता एवं वडा नंं १७ का अध्यक्ष नविन मानन्धर, विधायन समितिका संयोजक एवं वडा नं. २३ का अध्यक्ष मचाराजा महर्जन, पूर्वाधार समितिका संयोजक एवं वडा नंं. १९ का अध्यक्ष राजेशकुमार श्रेष्ठ, वडा २० का अध्यक्ष राजेन्द्र मानन्धर, कार्यपालिका सदस्य मीना सुनार, हनुमान ढोका संग्रहालय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेल, महानगर प्रहरी बलका प्रमुख, विपद व्यवस्थापन विभागका प्रमुख, जनपथ प्रहरी प्रमुखसहित सुरक्षा निकाय र स्थानीयहरु सहभागी हुनुहुन्थ्यो ।

    हस्तान्तरण गरिएका सामग्रीहरुमा ६ किलोग्राम तौलका १६५ वटा फायर इस्टिङ्ग्वीसर, एउटा प्रोटेबल वाटर पम्प, डेलिभरी होज पाइप, फायर बुट छन् । सामग्री हस्तान्तरणपछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले भन्नुभयो, ‘विपद व्यवस्थापन वहुसाझेदारको साझा प्रयत्नबाट परिणाम आउने काम हो । यसमा सबै साझेदारको क्षमता बढाउनु पर्ने पर्ने भएकोले सुरक्षा निकायलाई सहायता प्रदान गरिएको हो ।’ विपद व्यवस्थापनको कामलाई पूर्ण क्षमतामा सञ्चालन गर्न महानगरपालिकाले नीति तथा योजना तर्जुमा गरेर तथा बजेटको व्यवस्था गरेर काम गरिरहेको उहाँको भनाइ थियो ।

    गुल्मपति मल्लका अनुसार फायर इस्टिङग्वीसर नेपाली सेनाका विभिन्न युनिटहरुमा राखिनेछन् । सामग्री हस्तान्तरण भएपछि सेनाको विपद् व्यवस्थापन टोलीले नारायण पोखरीमा पोर्टेवल वाटर पम्पमा डेलिभरी होज जोडेर एक ठाउँको पानी अर्को ठाउँमा पुर्याउने अभ्यास प्रदर्शन गरेको थियो । शार्दुल जंग गुल्म वि. सं. १८५६ सालबाट हनुमानढोका दरवार क्षेत्रमा तैनाथ छ ।

    उपत्यकामा मनाइने मुख्य जात्राहरुमा सहभागी हुने यस गुल्मले हनुमानढोकामा रहेको राष्ट्रिय ढुकुटी, हनुमानढोका दरबार संग्रहालय, तलेजु भवानीको मन्दिरको सुरक्षा दिँदै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ