Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

लोकतन्त्रमा नागरिकले प्रष्ट बुझेर निर्णय गर्नुपर्छ : प्रदीप पौडेल


ग्लोबल पाना
मंगलबार, फागुन १२ २०८२
  • 289
    SHARES

  • images
    लोकतन्त्रमा नागरिकले प्रष्ट बुझेर निर्णय गर्नुपर्छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बहसबीना नै मत माग्ने प्रवृत्तिमाथि कटाक्ष गर्दै नीति र एजेण्डामाथि बहस गरेर मत मागिनुपर्ने बताएका छन् । आफ्नो सामाजिक सञ्जालमार्फत धारणा राखेका उनले देश विकासका १० भिजनसहितका एजेण्डाबारे बहस गर्न नेपाली कांग्रेस तयार रहेको भन्दै प्रष्ट बुझेर निर्णय गर्ने स्वतन्त्रता नागरिकमा रहेको उल्लेख गरेका छन् ।

    images
    images
    images

    राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट शुरु गरिएको चुपचाप मतदानको विषयतर्फ शंकेत गर्दै महामन्त्री पौडेलले भनेका छन्, लोकतन्त्रमा कुनै पनि विषयमा प्रष्ट जानेर र बुझेर आवश्यक निर्णय गर्ने स्वतन्त्रता सबै नागरिकलाई रहन्छ । उनले नेपाली कांग्रेस देशको अबको मार्गचित्रबारे प्रष्ट छ ।

    देश निर्माणका १० भिजनबारे बहस गर्न आफूहरु खुला रहेको भन्दै यसमा आफूहरुले गर्व समेत गर्ने बताए । महामन्त्री पौडेलले लेखेका छन्, त्यसैले, ‘अब चुपचाप हैन फागुन २१ गते गर्वका साथ रुखमा छाप ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ