काठमाडौं । टिकटकबाट चर्चामा आएकी ‘तुल्सा कलेक्सन’की सञ्चालिका तुल्सी अधिकारीविरुद्ध प्रहरीले ठगी, आपराधिक लाभ र सम्पत्ति शुद्धीकरणको कसुरमा एकसाथ अनुसन्धान अघि बढाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार अधिकारीविरुद्ध सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’का सञ्चालक कुमार चिमोरियाले गत साउन २२ गते ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दिएका थिए ।
उक्त जाहेरीमा अधिकारीमाथि रु ४ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप लगाइएको छ । ठगी मुद्दाको अनुसन्धानका क्रममा उनको बैंक खातामा शङ्कास्पद र ठूलो परिमाणको कारोबार देखिएपछि प्रहरीले सम्पत्ति शुद्धीकरणको पाटोबाट पनि अनुसन्धान थालेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उनीविरुद्ध गत फागुन १९ गते नै उजुरी दर्ता भएको खुलेको छ ।
विभागले गत कात्तिक २० गते ललितपुर प्रहरीलाई पत्राचार गर्दै सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३ को उपदफा ९१० बमोजिमका निषेधित क्रियाकलाप भएरनभएको विश्लेषण गरी प्रमाण संकलन गर्न सुझाव दिएको थियो । सोही आधारमा प्रहरीले अहिले सम्पत्ति शुद्धीकरणसहितका तीन वटा कसुरलाई एकीकृत रूपमा अनुसन्धान गरिरहेको छ । अधिकारीले सामाजिक सञ्जाल टिकटक प्रयोग गरी अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाउँदै भिडियोहरू सार्वजनिक गरेपछि प्रहरीले भ्रामक सूचना नफैलाउन र अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ ।
प्रहरीले अनुसन्धानको दायरामा रहेका व्यक्तिले सामाजिक सञ्जालमा अनुसन्धानलाई प्रभावित पार्ने गरी भ्रामक फोटो, भिडियो र सूचना सम्प्रेषण गर्ने कार्य आफैँमा पुनः अनुसन्धानको विषय बन्नेतर्फ सजग गराएको छ । प्रहरीले उनलाई तत्काल नेपाल आएर अनुसन्धान गर्ने निकायमा उपस्थित हुन र आफ्नो भनाइ राख्न समेत निर्देशन दिएको छ । अधिकारी हाल विदेशमा रहेको प्रहरीको आशंका छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


