Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

फागुन २१ को निर्वाचनका लागि नियोकद्वारा २ हजार बढी पर्यवेक्षक परिचालन, केन्द्रीय पर्यवेक्षकको शपथ सम्पन्न


ग्लोबल पाना
शनिबार, फागुन १६ २०८२
  • 1,001
    SHARES

  • images
    फागुन २१ को निर्वाचनका लागि नियोकद्वारा २ हजार बढी पर्यवेक्षक परिचालन, केन्द्रीय पर्यवेक्षकको शपथ सम्पन्न

    काठमाडौं । फागुन २१ गते हुने निर्वाचनको पर्यवेक्षणका लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले व्यापक तयारी गरेको छ । नियोकले केन्द्रबाट एक सयभन्दा बढी राष्ट्रिय पर्यवेक्षकहरूलाई देशका विभिन्न क्षेत्रमा खटाउने जनाएको छ ।

    images
    images
    images

    केन्द्रबाट खटिने राष्ट्रिय पर्यवेक्षकहरूलाई नियोकका अध्यक्ष डा. गोपालकृष्ण सिवाकोटीले प्रशिक्षण प्रदान गर्नुभएकाे थपयाे । उहाँले निर्वाचन पर्यवेक्षणलाई निष्पक्ष, स्वतन्त्र र विश्वसनीय बनाउन आधारभूत नियमहरूको बिना शर्त पूर्ण पालना अनिवार्य रहेको बताउनु भयाे । उहाँले भन्नुभयाे, “पर्यवेक्षकहरू कुनै पनि पक्षको प्रभावमा नपरी व्यावसायिक, निष्पक्ष र तथ्यमा आधारित भएर काम गर्नुपर्छ । लोकतान्त्रिक प्रक्रियाप्रति जनविश्वास बढाउने जिम्मेवारी पनि हाम्रो काँधमा छ ।”

    त्यस्तै कार्यक्रममा संस्थापक अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्दै निष्पक्ष, स्वतन्त्र र पारदर्शी निर्वाचन सुनिश्चित गर्न पर्यवेक्षकहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताउनु भयाे ।

    यसैबीच, राजधानीमा केन्द्रीय पर्यवेक्षकहरूको शपथग्रहण कार्यक्रम पनि सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय पर्यवेक्षकहरूलाई औपचारिक रूपमा शपथ दिलाइएको थियो । निर्वाचन पर्यवेक्षणका आधारभूत नियमहरू बिना शर्त पूर्ण पालना गर्नुपर्नेमा विशेष जोड दिइएको थियो । नियोकले पर्यवेक्षकहरूलाई आचारसंहिता, निष्पक्षता, गोपनीयता र व्यावसायिक आचरण कडाइका साथ पालन गर्न निर्देशन दिएको जनाएको छ ।

    नियोकका अनुसार ७७ जिल्ला, सातै प्रदेश तथा केन्द्रबाट तालिम प्राप्त दुई हजारभन्दा बढी दीर्घकालीन र अल्पकालीन पर्यवेक्षकहरू निर्वाचन अवलोकनमा परिचालन गरिएको छ । लोकतन्त्रको संस्थागत विकासमा योगदान पुर्‍याउने उद्देश्यले नियोक २०४८ सालदेखि निरन्तर क्रियाशील रहँदै आएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ