Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

महामन्त्री पौडेलको सन्देशः राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौँ


ग्लोबल पाना
शनिबार, फागुन १६ २०८२
  • 280
    SHARES

  • images
    महामन्त्री पौडेलको सन्देशः राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौँ

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले यसले ऊर्जा प्राप्त भएको बताए ।

    images
    images
    images

    ‘देशभरका साथीहरु र मतदाताले फोन गरेर तपाईंहरुले कांग्रेस रूपान्तरण गर्नुभयो अब देश रूपान्तरण गर्ने प्रक्रियामा अझ उत्साहजनक तरिकाले अगाडि बढ्नुस् भनेको विषयले अझ उत्साही बनाएको छ’, उनले सन्देशमा भनेका छन् ।

    महामन्त्री पौडेलले देशैभरका कांग्रेसका कार्यकर्ताहरूलाई मतदातामाझ पुग्न आग्रह गर्दै राजनीतिका तमाम विकृति सफा गर्ने र नयाँ ढंगले अघि बढ्ने विश्वास दिलाएका छन् ।

    काठमाडौँ ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका महामन्त्री पौडेलले यहाँका मतदाताबाट समेत स्नेह प्राप्त भएको बताए । ‘आदरणीय मतदाताज्यूहरूले जसरी स्नेह प्रकट गर्नुभएको छ, त्यसबाट मलाई उर्जा प्राप्त भएको छ, उनले भने ‘म अत्यन्त उत्साही छु ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ