काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको समग्र तयारी पूरा भए पनि डिजिटल माध्यमबाट हुने आचारसंहिता उल्लङ्घन प्रमुख चुनौतीका रूपमा देखिएको राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले जनाएको छ । निर्वाचन पर्यवेक्षणमा संलग्न नियोकसहित चार प्रमुख संस्थाहरू—गैर सरकारी संस्था महासङ्घ नेपाल, आमनिर्वाचन पर्यवेक्षण समिति र निर्वाचन पर्यवेक्षण समिति नेपाल—ले शनिबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत यस्तो निष्कर्ष सार्वजनिक गरेका हुन् ।
पत्रकार सम्मेलनमा सामाजिक सञ्जालमार्फत घृणा फैलाउने प्रवृत्ति, भ्रामक सूचनाको ‘सुनामी’ तथा उम्मेदवारहरूको नकारात्मक प्रचार बढेको पाइएको जानकारी दिइएको छ । त्यस्तै, निर्वाचन आयोग को रोकका बाबजुद पनि र्याली तथा प्रचारप्रसारमा बालबालिकाको प्रयोग अझै नरोकिएको नियोकले जनाएको छ ।
नियोकका अनुसार उम्मेदवारहरूले कानुनी सीमाभन्दा बढी खर्च गर्ने र वास्तविक विवरण लुकाउने जोखिम समेत देखिएको छ । साथै, मतदाता शिक्षा परम्परागत शैलीमै सीमित हुँदा ग्रामीण क्षेत्रमा प्रभावकारी पहुँच नपुगेको समस्या औँल्याइएको छ ।
अन्त्यमा, नियोकले निर्वाचन आयोगलाई आचारसंहिता उल्लङ्घन गर्नेमाथि तत्काल कारबाही गर्न तथा सुरक्षा निकायलाई भयमुक्त वातावरण सुनिश्चित गर्न आग्रह गर्दै फागुन १८ गते रातिदेखि सुरु भएको मौन अवधिमा सबै पक्षलाई मर्यादित र संयमित रहन अपिल गरेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


