Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

इमानदार र प्रतिबद्ध नेताका रूपमा उदाउँदै कृष्णराज तिमिल्सिना


ग्लोबल पाना
शनिबार, फागुन १६ २०८२
  • 1,039
    SHARES

  • images
    इमानदार र प्रतिबद्ध नेताका रूपमा उदाउँदै कृष्णराज तिमिल्सिना

    काठमाडौं । नेपाल संघीय समाजवादी पार्टीका प्रतिनिधि सभा समानुपातिक उम्मेदवार कृष्णराज तिमिल्सिना यतिबेला चुनावी अभियानमा सक्रिय बनेका छन् । विभिन्न कार्यक्रम र भेटघाटमार्फत उनी मतदातामाझ पुग्दै आफ्नो स्पष्ट दृष्टिकोण र कार्ययोजना प्रस्तुत गरिरहेका छन् ।

    images
    images
    images

    तिमिल्सिना स्वच्छ राजनीति, सुशासन र जनमुखी विकासलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने लक्ष्य लिएर अघि बढेका छन् । लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका तिमिल्सिनालाई पार्टीभित्र इमानदार, स्पष्ट वक्ता र परिणाममुखी नेताका रूपमा चिनिने गरिएको छ । उनको सरलता, पारदर्शिता र जनताप्रतिको उत्तरदायित्वबोधलाई विशेष रूपमा प्रशंसा गरेको पाईन्छ ।

    तिमिल्सिनाले देशमा देखिएका बेरोजगारी, विकासको असन्तुलन र सेवा प्रवाहका कमजोरी समाधान गर्न व्यवहारिक योजना आवश्यक रहेको बताए । साथै युवाशक्ति, दक्ष जनशक्ति र स्थानीय सम्भावनालाई जोडेर समृद्धिको आधार तयार गर्नुपर्ने धारणा व्यक्त गरे ।

    नेपाल संघीय समाजवादी पार्टीले फागुन २१ को निर्वाचन लक्षित गर्दै देशभर अभियान तीव्र बनाइरहेको वेला तिमिल्सिनाको बढ्दो सक्रियताले समर्थकमाझ उत्साह थपिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ