Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन वालेन्द्र शाहको आग्रह


ग्लोबल पाना
शनिबार, फागुन १६ २०८२
  • 845
    SHARES

  • images
    मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन वालेन्द्र शाहको आग्रह

    काठमाडौं । मध्यपूर्वी एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई वर्तमान असामान्य परिस्थितिलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन वालेन्द्र शाहले आग्रह गरेका छ्न । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का प्रत्यक्षतर्फका उम्मेदवारसमेत रहेका शाहले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै त्यहाँस्थित नेपालीहरूलाई सुरक्षित रहन र आधिकारिक निकायको निर्देशन पालना गर्न अनुरोध गरेका हुन ।

    images
    images
    images

    शाहले सम्बन्धित देशहरूमा रहेका नेपाली राजदूतावासहरूले जारी गरेका सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै सकेसम्म घरभित्रै सुरक्षित रहन, स्थानीय सुरक्षा निकायका निर्देशनहरू पूर्ण रूपमा पालना गर्न र अत्यावश्यक अवस्था बाहेक यात्रा नगर्न सुझाव दिएका छ्न । शाहले आफ्नो सन्देशमा नजिकैको सुरक्षित आश्रयस्थलको जानकारी राख्न तथा आवश्यक पर्दा तुरुन्तै राजदूतावाससँग सम्पर्कमा रहन पनि आग्रह गरेका छन् ।

    “आधिकारिक सूचना, समाचार तथा राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहोस् । सुरक्षित रहनुहोस्, सजग रहनुहोस्,” शाहले भनेका छन् । मध्यपूर्वका केही क्षेत्रमा विकसित भइरहेका तनावपूर्ण अवस्थाका कारण त्यहाँ रहेका नेपाली नागरिकहरूको सुरक्षाप्रति चासो बढिरहेका बेला शाहको यो अपिल सार्वजनिक भएको हो । नेपाल सरकार तथा कूटनीतिक नियोगहरूले समेत आवश्यक परे सहयोग र समन्वय गर्न तत्पर रहेको जनाइएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ