Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

मध्यपूर्वका नेपालीको रक्षाका लागि तत्काल कदम चाल्न कांग्रेस महामन्त्री पौडेलको माग


ग्लोबल पाना
आइतबार, फागुन १७ २०८२
  • 340
    SHARES

  • images
    मध्यपूर्वका नेपालीको रक्षाका लागि तत्काल कदम चाल्न कांग्रेस महामन्त्री पौडेलको माग

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वका क्रममा नेपाली नागरिकको सुरक्षाका लागि सरकारसँग माग गरेका छन् । एक भिडियो सन्देश जारी गर्दै उनले नेपालीको जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्द्यै आवश्यक सबै कदम तत्काल थाल्न सरकारसँग माग गरेका छन् ।

    images
    images
    images

    'त्यहाँका नेपालीको जीवन रक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्दछ । त्यसैले त्यस क्षेत्रमा कार्यरत नेपाली नागरिकको सुरक्षाको लागि आवश्यक सबै कदम तत्काल थाल्न म नेपाल सरकारसँग माग गर्दछु,'उनले भने ।

    महामन्त्री पौडेलले नेपालीहरुलाई समेत आफ्नो सुरक्षाका लागि सजग रहन अपिल गरेका छन् । 'त्यस क्षेत्रमा कार्यरत दाजुभाई तथा दिदीबहिनीहरुलाई पनि म आफ्नो सुरक्षाका लागि सजग रहन र अत्यावश्यक नपरी बाहिर ननिस्कन हार्दिक अपिल गर्दछु,' उनले भने ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ