Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

लमजुङमा धर्मराज केसीको ऐतिहासिक विजय


शनिबार, फागुन २३ २०८२
  • 697
    SHARES

  • images
    लमजुङमा धर्मराज केसीको ऐतिहासिक विजय

    लमजुङ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार धर्मराज केसीले लमजुङबाट प्रतिनिधि सभा निर्वाचनमा ऐतिहासिक विजय हासिल गरेका छन्। स्वच्छ ऊर्जा, जलवायु परिवर्तन र हरित विकासका विशेषज्ञका रूपमा परिचित धर्मराज केसीले पूर्वमन्त्री पृथ्वी सुब्बा गुरुङ, गम प्रसाद गुरुङ र अन्य प्रतिस्पर्धीलाई पराजित गर्दै निर्वाचनमा जीत सुनिश्चित गरेका हुन्।

    images
    images
    images

    धर्मराज केसी राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय संगठन विभागका सदस्य समेत हुन्। लामो समयदेखि देशमा हरित विकास र वातावरणमैत्री नीतिहरूको क्षेत्रमा सक्रिय रहेर काम गर्दै आएका उनले आफ्नो राजनीतिक यात्रा यस पटक बलियो उपस्थिति र जनताको विश्वासमा परिणत गर्न सफल भएका छन्।

    उनको विजयसँगै लमजुङमा नयाँ नेतृत्व र परिवर्तनको सन्देश गएको राजनीतिक विश्लेषकहरूले बताएका छन्। रास्वपाको चुनाव चिन्ह घण्टीसँगै समर्थकहरूले उत्साहका साथ विजयको जश्न मनाइरहेका छन्।

    समर्थक र शुभेच्छुकहरूले सामाजिक सञ्जालमा धर्मराज केसीको जीतलाई बधाई दिंदै, देशमा सकारात्मक परिवर्तनको आशा व्यक्त गरेका छन्।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ