Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु अध्यक्षका उम्मेदवार रोविन शेरचन काठमाडौंमा


ग्लोबल पाना
आइतबार, फागुन २४ २०८२
  • 209
    SHARES

  • images
    एनआरएनएको महाधिवेशनका लागि चहलपहल सुरु अध्यक्षका उम्मेदवार रोविन शेरचन काठमाडौंमा

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनको मिति नजिकिएसँगै संघीय राजधानी काठमाडौँमा चुनावी चहलपहल तीव्र बनेको छ। फागुन ३० गतेदेखि सुरु हुने महाधिवेशनका लागि एनआरएनए अभियन्ताहरू काठमाडौँमा भेला हुन थालेका छन् । संघभित्र महाधिवेशन र नेतृत्व चयनका सन्दर्भमा विभिन्न विवादहरू सतहमा देखिए पनि चुनावी तयारी निर्वाचन समितिले रोकेको छैन ।

    images
    images
    images

    यही क्रममा अध्यक्षका आकांक्षी रोविन शेरचन शनिबार जापानबाट काठमाडौँ आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएका उपमहासचिव प्रवीन गुरुङसहितका अभियन्ताहरूले स्वागत गरेका थिए। शेरचनका साथै अन्य देशका कैयौँ प्रतिनिधिहरू पनि महाधिवेशनमा भाग लिन नेपाल आइसकेका छन् ।

    विशेषगरी एनआरएनएको डेलिगेट्स चयन लगायतका प्राविधिक र कानुनी विषयमा सहमति नजुट्दा तोकिएको समयमा महाधिवेशन हुने कि नहुने भन्ने विषयमा अझै अन्योलता कायम छ । अध्यक्षका उम्मेदवार शेरचनले पनि विवादित विषयहरूलाई पहिले सम्बोधन गरेर मात्रै एकताको महाधिवेशन गरिनुपर्ने अडान राख्दै आएका छन् । उनले केही दिनअघि मात्रै संस्था बचाउन र एकता कायम गर्न एक सार्वजनिक अपिल समेत जारी गरेका थिए ।

    यसैबीच, शनिबार नै एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) को बैठक बसेको छ। बैठकमा मध्यपूर्वको तनाव लगायतका समस्याका कारण अनलाइनबाटै उम्मेदवारी दर्ता गर्ने विशेष व्यवस्थाबारे छलफल भएको छ । यस सम्बन्धमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराउने निर्णय भएको छ ।

    बैठकमा सहभागी अधिकांश अभियन्ताहरूले विवाद समाधान नभए अक्टोबरमै महाधिवेशन सार्न वा सहमतिका आधारमा नेतृत्व चयन गर्न सुझाव दिएका थिए । यद्यपि, अध्यक्ष बद्री केसीले भने तोकिएकै मितिमा महाधिवेशन गर्ने निर्णय गराएका छन् । नयाँ नेतृत्वका लागि रोविन शेरचन र वर्तमान उपाध्यक्ष हेमराज शर्माबिच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

    तर, संस्थालाई थप विभाजनबाट जोगाउन र एकता कायम गर्न हेमराज शर्माभन्दा शेरचनको नाममा सहमति जुटाएर सर्वसम्मत नेतृत्व चयन गर्न धेरैजसो अभियन्ताहरूले सुझाव दिएका छन्। शेरचनले आफू सबैलाई मिलाउन सक्ने साझा व्यक्ति भएको भन्दै अहिलेको अवस्थामा चुनाव नगरी आफ्नो नाममा सहमति गरिनुपर्ने बताए । उनले यदि सहमति नहुने हो भने निर्वाचनकै माध्यमबाट पनि चुनाव जित्ने सहज रहेको भन्दै त्यसका लागि तयार रहेको बताए । शेरचनले भौतिक उपस्थितिमै महाधिवेशन सबैभन्दा उत्तम रहेको समेत बताउँदै आएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ