Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

सार्वजनिक पूर्वाधारलाई अपाङ्गतामैत्री, महिलामैत्री बनाउन कार्यवाहक प्रमुखको निर्देशन


ग्लोबल पाना
शनिबार, फागुन ३० २०८२
  • 247
    SHARES

  • images
    सार्वजनिक पूर्वाधारलाई अपाङ्गतामैत्री, महिलामैत्री बनाउन कार्यवाहक प्रमुखको निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले, सार्वजनिक पूर्वाधार निर्माणको डिजाइनबाट नै अपाङ्गता भएका व्यक्ति र महिलाहरुको पहुँचलाई ध्यान दिनुपर्ने बताउनुभएको छ । आज वडा नम्बर ५ भित्रका निर्माणाधीन पूर्वाधार योजनामध्ये सानो गौचरन स्टेडियम र स्केटवोर्ड पार्कको अनुगमन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।

    images
    images
    images

    सानो गौचरन स्टेडियममा अपाङ्गता भएका व्यक्तिहरुका लागि संरचना नदेखेपछि उहाँले भन्नुभयो, ‘लिफ्ट राखेर अपाङ्गता भएका व्यक्तिहरुलाई प्याराफिटसम्म पुग्ने वातावरण बनाउनुहोला ।’ अहिलेसम्म स्टेडियमको ७५ प्रतिशत भौतिक प्रगति र ६८ प्रतिशत वित्तीय प्रगति भएको छ । सानो गौचरन स्टेडियम निर्माणका लागि २२ करोड ९५ लाख ९३ हजार ९९९ रुपियाँ लागत अनुमान गरिएकोमा बोलपत्रबाट १८ करोड ८६ लाख ७४ हजार ८२७ रुपियाँमा शुभ कन्स्ट्रक्सनले पुनःनिर्माणको काम गरिरहेको छ । रङ्गशाला १८ रोपनी १ आना २ पैसा ३ दान (९२११.५ वर्गमिटर) क्षेत्रफलमा निर्माण भइरहेको हो ।

    यसमा दर्शक क्षमता १ हजार ५ सय जनाको हुनेछ । स्टेडियममा ९६×६२ मिटरको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृतिम घाँस राखिनेछ । वरिपरि सिमा पर्खाल निर्माण गरिएकोछ । यसमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ् हुनेछ । स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् । पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन् ।

    एउटा अपाङ्गता भएका व्यक्तिका लागि शौचालय हुनेछ । स्टेडियममा एउटा फिजियोथेरापी कक्ष, ३ वटा पुरुषका लागि ३ वटा महिलाका लागि गरेर ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र २ वटा टिम लकर हुनेछन् । आउँदो चैत मसान्तभित्र स्टेडियम निर्माण सम्पन्न भइसक्नु पर्नेछ । ३ हजार ७६० वर्गमिटर क्षेत्रफलमा स्केट बोर्ड पार्क निर्माण हुँदैछ । यहाँ २ हजार २५० वर्गमिटर क्षेत्रफलमा स्केट बोर्ड निर्माण हुनेछ । स्केट बोल र रोलर स्केटिङ् यसका मुख्य अङ्ग हुन् । यससँगै बास्केटवल कोर्ट, भलिवल कोर्ट र एम्पिथियटर निर्माण हुनेछ ।

    यसको सम्झौता रकम ६ करोड ७० लाख ९७ हजार ४६१ रुपियाँ हो । २०८१ जेठ ३२ गते कार्यादेश दिइएको परियोजना सानु सुवाल पवन जेभीले कार्यान्वयन गरिरहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ