Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

अभियान्ता विजय शर्मा द्वारा मेची-महाकाली पदयात्रा सम्पन्न, स्थिर सरकारका लागि राष्ट्रिय आह्वान


ग्लोबल पाना
आइतबार, चैत १ २०८२
  • 605
    SHARES

  • images
    अभियान्ता विजय शर्मा द्वारा मेची-महाकाली पदयात्रा सम्पन्न, स्थिर सरकारका लागि राष्ट्रिय आह्वान

    काठमाडौं । लेखक तथा स्वतन्त्र अभियन्ता विजय कुमार शर्माले मेचीदेखि महाकालीसम्मको पदयात्रा सम्पन्न गरेका छन् । देशमा स्थिर सरकार र राजनीतिक स्थायित्वको आवश्यकता औंल्याउँदै उनले सो यात्रा सम्पन्न भएको पत्रकार सम्मेलन गरि जानकारी दिएका हुन् ।

    images
    images
    images

    शर्माले नेपाली जनताले अस्थिरताको चक्रबाट मुक्ति चाहेको र बहुमतसहितको शक्तिशाली सरकार निर्माणको सन्देश दिएको छन् । उनले पदयात्रा कुनै राजनीतिक दलको पक्ष वा विपक्षमा लक्षित नभई लोकतन्त्रको सुदृढीकरण र नागरिक आवाजलाई सशक्त बनाउने उद्देश्यले गरिएको बताएका छन् । उनका अनुसार विगत लामो समयदेखि सरकार फेरबदलको चक्रमा फसेको देशले अब स्थिर शासनको आवश्यकता महसुस गरिरहेको छ ।

    पदयात्रा विजय उत्सव नभई जनमतको कदर गर्दै राज्यलाई जिम्मेवारीप्रति सजग गराउने शान्तिपूर्ण प्रयास भएको उनले स्पष्ट पारे । शर्माले राजनीतिक स्थिरता केवल अंकगणितीय बहुमतमा सीमित नहुने भन्दै यसले किसानको खेतबारी, मजदुरको रोजगारी र युवाको भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने बताए । स्थिरताले गाउँदेखि सहरसम्म विकासको उज्यालो फैलिनु पर्ने र युवाको श्रम विदेशमा होइन आफ्नै देशमा उपयोग हुनुपर्ने उनको भनाइ छ ।

    मेचीको काँकरभिट्टादेखि महाकाली किनारसम्म पुग्दा आफूले नेपाली जनताको साझा सपना र अपेक्षा संकलन गरेको उनले बताएका छन् । ती अपेक्षालाई साकार पार्न नयाँ सरकारलाई रचनात्मक दबाब दिनुपर्ने आवश्यकता पनि उनले औंल्याए । शर्माले यो पदयात्रा व्यक्तिगत स्वार्थका लागि नभई सचेत नागरिकको सामूहिक आवाजका रूपमा राष्ट्र निर्माणको महाअभियानमा एउटा इँटा थप्ने प्रयास भएको उल्लेख गरेका छन् ।

    शर्माले देशको समृद्धिको महान संकल्पलाई सफल बनाउन आम नागरिक तथा सञ्चार माध्यमलाई सहयोग र समर्थनका लागि अपिल समेत गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ