Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

एमाले परित्याग गरी वागलुङका तिलक उप्रेती नेकपामा प्रवेश


ग्लोबल पाना
मंगलबार, चैत ३ २०८२
  • 367
    SHARES

  • images
    एमाले परित्याग गरी वागलुङका तिलक उप्रेती नेकपामा प्रवेश

    वागलुङ । लामो समयदेखि नेपाली कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आउँनुभएका तिलक उप्रेतीले नेकपा (एमाले) परित्याग गरेको घोषणा गर्नुभएको छ । गल्कोट नगरपालिका, वागलुङ निवासी उप्रेतीले आज प्रेस वक्तव्य जारी गरी नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाह नेकपा रहेको बताउँदै नेकपामा प्रवेश गर्नुभएको हो ।

    images
    images
    images

    पछिल्लो समय एमाले भित्र नीति र नेतृत्वका कारण आफूलाई सक्रिय रूपमा काम गर्न असहज भएको निष्कर्षसहित उहाँले एमाले छाड्ने निर्णय लिएको बताउँनुभएको छ । एमालेमा रहँदाका सहयोद्धा तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै उहाँले अब महान् सहिदहरूले देखाएको मार्गअनुसार राष्ट्र, पार्टी, वर्गहित र समाज रूपान्तरणका लागि निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाउँनुभएको छ ।

    उप्रेतीले वागलुङ जिल्लाबाट क्रान्तिकारी कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन सक्दो योगदान गर्ने पनि बताउँनुभएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ